pokhara news

अकला नमूना साना किसान कृषि सहकारी संस्थाको छैटौं साधारणसभा सम्पन्न

पुस १९, वालिङ ।
स्याङ्जाको वालिङमा रहेको अकला नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेडले छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २ हजार ३ सय २९ जना शेयर सदस्य रहेको सहकारीले आज शुक्रबार छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय पोखराका प्रवन्धक पदमराज रेग्मीले कृषि तथा उद्यमीहरुका लागि न्यून व्याजमा लगानी गर्ने साना किसान कृषि सहकारी संस्था भएको बताउनुभयो । शाखा कार्यालय पोखराका प्रवन्धक रेग्मीले सहुलियत कर्जा अन्तर्गत ९ प्रतिशत व्याजमा लगानी गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो शाखा कार्यालयले गण्डकी प्रदेशका ९ वटा जिल्ला हेर्छ । साना किसान सहकारीहरुले पशु तथा तरकारीलगायतका क्षेत्रका उद्यमीहरुका लागि सहुलियत कर्जा अन्तर्गत ५० लाखसम्म लगानी गर्दै आएको छ । अकला नमूना साना किसान कृषि सहकारीले पनि सोहि अनुसार लगानी गरेर व्यवसायिक किसानहरुलाई सहज बनाएको छ ।” पशु बीमा  महत्वपूर्ण कुरा हो, जसले पशुपालक किसानहरुका लागि राहतको काम गर्छ । किसानहरुका लागि साना किसान कृषि सहकारीले मात्र पशु बीमा गरिदिने भएकाले पनि व्यवसायीहरुका लागि सारथी बन्ने उहाँले व्यक्त गर्नुभयो । नेपालमा १ हजार ३ सयभन्दा धेरै साना किसान कृषि सहकारी संस्थाहरु सञ्चालनमा रहेको र सबै सुरक्षित तथा मजवुत भएको प्रबन्धक रेग्मीले बताउनुभयो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै पुण्यप्रसाद अर्यालले साना किसान कृषि सहकारी संस्था भरपर्दो र विश्वसनीय रहेको बताउनुभयो । अध्यक्ष अर्यालले ६ वर्षको दौरानमा संस्थाले विभिन्न किसानमुखी कार्यक्रमहरु सञ्चालनमा ल्याएको जानकारी गराउनुभयो । उहाँका अनुसार सहकारीले दूध डेरी सञ्चालन, पशु सुरक्षण कार्यक्रम अन्तर्गत पुश बीमा, रासायनिक मल तथा दान बिmक्री गर्ने सस्तो पसल, बीउ विजन तथा बेर्ना वितरण, कृषि औजार तथा भकारो सुधार एवम् भैसी वितरण, सर्वशुलभ दरमा बचत तथा कर्जा कारोबार, विभिन्न प्रकारका तालिम सञ्चालन र सदस्य म्यादी बीमालगायतका कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
१ करोड ३२ लाख शेयर पूँजी रहेको सहकारीले ७ करोड १७ लाख ५७ हजार ९ सय २० लगानी गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा १२ लाख ५ हजार ५ सय ४२ रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।
साधारणसभामा पुरुषोत्तम भण्डारी “पुर्खे बा” द्वारा प्रस्तुत साना किसान कृषि सहकारी सम्बन्धी गीत एवम् हास्य कार्यक्रमले शेयर सदस्यहरुकाबीच निकै रमाइलो गराएको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर