“गाउँमै विशेषज्ञ सेवा: बिरुवामा निःशुल्क आँखा शिविर सञ्चालन”
बिरुवा गाउँपालिका ले निःशुल्क आँखा जाँच स्क्रिनिङ शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको आयोजना तथा बी.पी. फाउण्डेशन काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन हुन लागेको हो।
गाउंपालिका अनुसार, २०८२ साल बैशाख महिनामा विभिन्न तीन स्थानमा शिविर आयोजना गरिने भएको छ । वैशाख २३ गते बिरुवा आधारभूत अस्पताल, चित्रेमा, वैशाख २४ गते आरुच स्वास्थ्य चौकी (बिरुवा–४, आरुच) मा र वैशाख २५ गते वडा नं. ३ कार्यालय, खल्तीमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिनेछ।
शिविरमा आँखा परीक्षण, आवश्यक औषधि तथा चश्मा वितरण गरिनुका साथै मोतिबिन्दु जस्ता समस्याबाट पीडित बिरामीको पहिचान समेत गरिने जनाइएको छ। साथै, शल्यक्रिया आवश्यक पर्ने बिरामीका लागि थप व्यवस्थासमेत गरिनेछ।
गाउँपालिकाले सबै स्थानीय बासिन्दालाई अवसरको लाभ लिन आग्रह गरेको छ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment