pokhara news

ट्होटे पर्वको अवसरमा फेदीखोला गाउँपालिकामा सार्वजनिक बिदा घोषणा

स्याङ्जा — फेदीखोला गाउँपालिकाले तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ट्होटेको अवसरमा स्थानीय बिदा घोषणा गरेको छ ।

गाउँपालिकाद्वारा जारी सूचनाअनुसार २०८२ साल चैत २५ गते मंगलबारका दिन गाउँपालिका अन्तर्गतका सबै कार्यालय तथा विद्यालयहरूमा बिदा दिइने निर्णय गरिएको हो ।
तमु (गुरुङ) समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ट्होटे पर्वको अवसरमा उक्त निर्णय गरिएको गाउँपालिकाको अध्यक्ष घनश्याम सुवेदीले जानकारी गराउनुभएको छ । साथै,  सुचनामा गाउँपालिकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमु समुदायसहित सबै नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिएको  छ ।

गाउँपालिका अध्यक्ष  सुवेदीले यस पर्वले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर