pokhara news

अकला राष्ट्रिय साप्ताहिकद्वारा पत्रकार सम्मान

वैशाख ६, वालिङ ।
स्याङ्जाको वालिङमा अकला आवाज राष्ट्रिय साप्ताहितद्वारा पत्रकारहरुलाई सम्मान गरिएको छ । अकला आवाजले गोरखापत्रकर्मी हरिप्रसाद सुवेदी ‘शुसिल’, अर्जुन काफ्ले र पव्लिक आवाजका श्रीकृष्ण सिग्देलसहित तीन पत्रकारलाई सम्मान गरेको हो ।
पत्रकारिताको माध्यमबाट समाजलाई योगदान पु¥याएको भन्दै गोरखापत्रकर्मीसहित तीन जना पत्रकारलाई सम्मानि भएका हुन् ।
सुवेदी गोरखापत्रका पुतलीबजार स्याङ्जा समाचारदाता हुन् भने काफ्ले स्याङ्जा समाचारदाता हुन् । यसैगरी सिग्देल स्याङ्जाको वालिङबाट प्रकाशित पव्लिक आवाज साप्ताहिकका सम्पादक एवम् पत्रकार महासँग गण्डकीका सदस्य हुन् ।
अकला आवाज राष्ट्रिय साप्ताहिकको आयोजनामा भएको “स्याङ्जाको समग्र विकास, समृद्धि र सुशासनमा मिडियाको भूमिका’’ विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा पत्रकारहरूलाई जनही पाँच हजार पाँच सय नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।
पत्रकारलाई सम्मान गर्दै गण्डकी प्रदेश सभासदस्य तथा अर्थ विकास समितिका सभापति भोजराज अर्यालले नेपालको परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले समाजमा भएका राम्रा अभ्यासलाई समाचारको माध्यमबाट सुसुचित गर्न र कमि कमजोरीलाई औंल्याउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि केही पनि भएन भन्ने गलत भाष्य समाजमा छरिएको उल्लेख गर्दै अर्यालले विकास निर्माणका गतिविधीलाई समाचार माध्यमहरुले उजागर गर्नुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँंण, उपप्रमुख कविता तिवारी, विभिन्न राजनीतिक दलका नेता, व्यवसायी, पत्रकार लगायतले स्याङ्जाको विकासका लागि खेल्नु पर्ने भूमिकाका सन्दर्भमा बोलेका थिए ।
अकला आवाज राष्ट्रिय साप्ताहिकका अध्यक्ष एवम् प्रकाशक प्रकाश डुम्रेले समाज परिवर्तनका लागि जिल्लामा रहेर पत्रकारले खेलेको भूमिका उच्च रहेकाले सम्मानको सुरुवात गरिएको जानकारी गराउनुभयो । पहिलो चरणमा सक्रिय पत्रकारहरु मध्ये तीन जनालाई सम्मान गरिएको उहाँले उल्लेख गर्नुभयो । पत्रकार र पत्रकारितालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तनका लागि अभियान सुरु गरिएको उहाँको भनाइ छ । यसैगरी आगामी दिनमा पनि पत्रकार सम्मानलाई निरन्तरता दिदैजाने डुम्रेले उल्लेख गर्नुभयो ।
यसकासाथै सञ्चारिका समूह स्याङ्जामा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो । यसैगरी २०८२ को क्यालेन्डर सामूहिक रूपमा लोकार्पण गरिएको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर