अबका केही दिन रातीको समयमा मुसल्धारे वर्षाको सम्भावना
साउन १३, काठमाडौं
अबका केही दिन रातिको समयमा मुसल्धारे वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति पनि काठमाडौ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे पानी परेको थियो । आउँदो बुधवारसम्म विभिन्न ठाउँमा राति मुसल्धारे पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज र भोलि पूर्वी र मध्य तथा मंगलवार र बुधवार पश्चिमी क्षेत्रमा मुसल्धारे वर्षाको सम्भावना धेरै छ । अहिले मनसुन न्यून चापीय रेखा सरदर स्थान आसपासमै रहे पनि मनसुनी गतिबिधि भने थप सक्रीय बन्ने देखिएको मौसमविद् महर्जनले बताउउनुभयो ।
आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको महाशाले निकालेको बुलेटिनमा उल्लेख छ । यसैबीच सिन्धुपाल्चोकमा पछिल्लो १२ घण्टामा धेरै वर्षा भएकोले मेलम्ची, इन्द्रावती लगायत आसपासमा नदी तटीय क्षेत्रमा दिउँसोसम्म नै सावधानी अपनाउन बाढी पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment