अभिभावकको सहमतिमा मात्रै विद्यार्थीलाई रुस जान अनुमति दिन सकिन्छ ः शिक्षामन्त्री भट्टराई
भदौ – २०,काठमाडौ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले छात्रवृत्तिमा अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई अभिभावकको अनुमतिमा मात्र जान दिने बताउनुभएको छ ।
रुसमा छात्रवृत्तिका लागि जान लागेका विद्यार्थी तथा अभिभावकसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री भट्टराईले अभिभावकले आफ्नो छोराछोरी जानका लागि मन्त्रालयमा लिखित अनुमति र प्रतिबद्धता जनाए मात्र रुस पठाउन सकिने बताउनुभएको हो ।
अहिले रुस र युक्रेनबीच युद्धकै अवस्था रहेकाले अभिभावकले मन्त्रालयसँग आफ्ना छोराछोरी जानका लागि अध्ययन अनुमतिपत्र माग्न आउँछन् भने प्रतिबद्धता जनाएर पठाउन तयार रहेको उहाँले बताउनुभयो । यसमा परराष्ट्र मन्त्रालयले पनि स्वीकृत दिएपछि विद्यार्थीलाई अभिभावकको सहमतिमा मात्रै पठाउन सक्ने उहाँको भनाइ छ ।
शिक्षा सचिव डा. दीपक काफ्लेले रुसको १२ वटा ठाउँमा ४० जना विद्यार्थी चिकित्साशास्त्र, इञ्जिनियरिङ लगायत विभिन्न विषयमा छात्रवृत्तिमा अध्ययन गर्न जान लागेका जानकारी दिनुभयो । रुसमा रहेको नेपाली दूतावासले पनि ती विद्यार्थी पढ्न जाने ठाउँ सुरक्षित रहेको जनाएकाले मन्त्रालयले अध्ययन अनुमति पत्र दिने प्रक्रिया अघि बढाउन सक्ने उहाँले जानकारी दिनुभयो ।
रुस सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा परराष्ट्र मन्त्रालयले छनोट गरेपछि ४० जना विद्यार्थी रुस जान लागेका हुन् । ती विद्यार्थी दुई वर्षदेखि छ वर्षसम्म चिकित्सा, इञ्जिनियरिङ लगायतका विषय अध्ययन गर्न जाने प्रक्रियामा छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment