अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई
कात्तिक –२२, काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बधाईसहित कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको हो ।
ट्रम्प प्रतिस्पर्धी कमला ह्यारिसलाई हराउँदै हिजो अमेरिकाको ४७ औँ राष्ट्रपतिमा विजयी हुनुभएको हो । प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यसअघि हिजो ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment