अमेरिकामा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने
असोेज ५, काठमाडौ ।
अमेरिकामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा साइडलाइनमा नेपाल र भारतका प्रधानमन्त्रीबीच वार्ता हुने तय भएको हो । द्विपक्षीय भेटवार्ताको लागि नेपालले अघिल्लो हप्ता नै प्रस्ताव गरे पनि भारतले जवाफ दिएको थिएन ।
गएराति प्रधानमन्त्री ओली न्यूयोर्क पुग्नुभन्दा केही समयअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार रहेको जानकारी दिएको हो । न्युयोर्कको स्थानीय समयअनुसार आइतवार बेलुका साढे ५ बजे ओली र मोदीबीच भेटवार्ता हुने छ ।
भारतीय प्रधानमन्त्री मोदी अमेरिकाको विल्मिङटनमा हुने अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड राष्ट्रका नेताहरुको समिटमा भाग लिन जानुभएको हो । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नुभएको छ ।
ओली र मोदीबीच यसअघि नै थाइल्यान्डमा हुने भनिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनका बेला साइडलाइनमा भेटवार्ता हुने कार्यक्रम तय गरिएको थियो । तर भदौ १८ र १९ मा हुने भनिएको सम्मेलन थाइल्यान्डको नयाँ राजनीतिक घटनाका कारण स्थगित भयो ।
त्यसपछि अब न्यूयोर्कमा भेटवार्ता हुने भएको हो । ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै विदेश यात्रा शुरु गर्नुभएको थियो । यस पटक अमेरिकाबाट विदेश भ्रमण शुरु गर्नुभएको हो । यस पटक प्रधानमन्त्री भएपछि भारतबाट भ्रमणको निम्तो आएको छैन ।
प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको क्रममा मोदीलाई नेपाल भ्रमणको औपचारिक रुपमा निमन्त्रणा पठाउनुभएको छ । परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नुभएको थियो । त्यो भेटमा पनि भारतले नेपाली प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नदिनुलाई महत्त्वका साथ हेरिएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment