अवैध लागु औषधसहित २ जना पक्राउ
भदौ ९, वालिङ ।
स्याङ्जामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । अस्ती ५ गते दिउसो अन्दाजी साढे ११ बजेको समयमा वालिङस्थित केदारनाथ मन्दिर नजिकबाट लागु औषधसहित २ जना युवा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा ती युवाहरु लागु औषधसहित. पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु २ ख ५८४ नम्वरको सार्वजनिक बसमा सवार व्यक्तिहरुको जाँच गर्दा उनीहरुको साथबाट डाइजेपाम १९ एम्पुल, नोर्फिन २१र फेनार्गन २० एम्पुल लागु औषध फेला परेको थियो । ती युवाहरु पोखरा महानगरपालिका ९ का ३४ वर्षीय सुवास गुरुङ र वडा नम्वर ३ का २२ वर्षीय दिनेश सिं रहेको प्रहरीले जनाएको छ ।
लागु औषधसहित पक्राउ परेका ती युवाहरुलाई आज ९ गते आइतबार जिल्ला अदालतबाट म्याद थपगरी थप अनुसन्धान भैरेहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी गराएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment