pokhara news

असारे वर्षादले स्याङ्जामा मोटरेबल पुललाईसमेत धक्का दियो

असार २७, स्याङ्जा
अहिलेको असारे वर्षादले देशभर प्रभावित पारेको छ । वेंशी तथा खोंचलगायत समथर भूभाग डुवानमा परेका छन् भने कतिपय लगाइसकिएका खेति बगाएको छ । बाटोघाटो, घरगोठ सबैतिर यो असारे वर्षादका कारण आएको बाढी पहिराले जनधनको क्षति गरायो । योसँगै मोटरेबल पक्की पुललाईसमेत बाढीले धक्का पु¥याएको छ । यसैबीच स्याङ्जामा मोटरेबल पुललाईसमेत धक्का दिएको छ ।
जिल्लाको भीरकोट नगरपालिका १ को बयँरघारी नजिकै आँधिखोलाको मोटरेबल पुलको जीपको सपोर्टलाई असारे वर्षादको बाढीले खोलेर धक्का दिएको हो । बयँरघारीदेखि मोहनडाँडा हुँदै पर्वत जाने मोटरेबल पुलको जीपलाई बाढीले खोल्दा पुललाई नै जोखिममा पारेको छ । पुलको दक्षिणी भागको जीपको सपोर्टलाई बाढीको पानीले खोलेर छिन्नभिन्न पारेको हो । 
यही असार १४ गते राति परेको भारी वर्षाका कारण आएको बाढीले पुलको जीपको सपोर्ट खोलेको भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । यसपछि गत बिहिबारदेखि आइतबारसम्म परेको लगातारको वर्षाले थप खोल्न पुगेको नगर प्रमुख कर्माचार्यले जानकारी दिनुभयो । यसरी वर्षादको पानीले जीपको सपोर्ट खोलेर छिन्नभिन्न पारेपछि भीरकोटको बयँरघारीदेखि मोहनडाँडा हुँदै पर्वत जाने मोटरेबल पुल जोखिममा पारेको उहाँको भनाई छ ।

यो पुल भएर जीप गाडीहरु दैनिक सयको हाराहारीमा ओहोरदोहोर गर्छन् । औपचारिकरुपमा उद्घाटन हुन बाँकि रहेको यो पुल विगत १० वर्षदेखि सञ्चालनमा आएको हो । मोटरेबल पुल बनाउँदा राज्यको ठूलो धनराशी खर्च हुन्छ । लगानी अनुसार गुणस्तर पनि राम्रो हुन जरुरी हुन्छ । यो पुलको जीपको सपोर्ट यति छिटै बाढीले खोल्नुले प्राविधिकहरुको अपरिपक्वता देखाएको नगर प्रमुख कर्माचार्य बताउनुहुन्छ । ठूलो खर्चमा निर्माण हुने मोटरेबल पुल निर्माणमा हुने यस्ता कमजोरीले राज्यको लगानी प्रति हेलचेक्र्याईं भएको उहाँको तर्क छ । समयमै सम्बन्धित निकायको ध्यान जान आवस्यक रहेको उहाँको भनाई छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर