pokhara news

आँधिगङ्गा ( आँधिखोला ) मा तोरन तार्न सुरु गरियो

कात्तिक २७, वालिङ ।
आँधिखोला अर्थात आँधिगङ्गामा आज तोरण तारिएको छ । स्याङ्जाको अाँधिखाेला गाउँपालिका वडा नम्वर २ को अन्धाअन्धी दहबाट सुरु भई कालिगण्डकीको मिर्मीमा गई कालिगण्डकीमा मिसिने आँधिखोलामा यस पटकको हरिवोधनी एकदशीका दिन तोरण तारिएको हो । वालिङ नगरपालिका वडा नम्वर १३ पाठखोलाबासीले शिव पार्वती मन्दिरदेखि वारिपारी तोरण तारेका हुन् । परापूर्वकालमा श्रवणकुमारका अन्धाअन्धी मातापिताको आँशुबाट सुरु भएको किम्वदन्ती अनुसार आँधिखोला पौराणिक र धार्मिक हिसावले पनि एक पवित्र खोला भएकाले आँधिगङ्गाको मान्यता दिन थालिएको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले आँधीखोला पवित्र भएको र आँधीखोलामा तोरण टांगिनुले ऐतिहासिक एवम् धार्मिक महत्व राख्ने बताउनुभयो । मन्त्री बस्यालले नेपालमा यस्ता ठाउँहरु धेरै रहेका भन्दै यस्ता ठाउँको विकासमा सरकार लागिरहेको बताउनुभयो । त्यसैले यो ठाउँको थप विकास निर्माणका लागि प्रपोजल लिएर मन्त्रालयमा आउन उहाँले आग्रह गर्नुभयो ।
यसैगरी विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले धर्म धारण गर्ने विषय हो र हामीले आफ्नो संस्कार एवम् संस्कृतिलाई पालना गर्दै जानुपर्ने भएकाले पनि आँधिखोलालाई अब आँधिगङ्गाकोरुपमा मान्यता दिन उपयुक्त ठानिएको बताउनुभयो । पण्डित पराजुलीका अनुसार विशेष गरेर हरिवोधनी एकादशीका दिनमा यो आँधिखोला नभएर आँधिगङ्गाकोरुपमा परिभाषित गर्दैछौं । किनकि आफ्नो स्थानीय स्तरमा रहेका देवीदेवता, मठ मन्दिर र खोलानाला नदिहरुको संरक्षण गर्न सकियो भने हामी सबै प्रकृति पूजक भएका कारणले गर्दा गङ्गामा गएर तोरण तारेर आफ्ना पितृहरुको सदगतिको कामना गर्ने र पारिवारिक कल्याण गर्ने जुन हाम्रो महान नीति नियम र उद्देश्य छ, त्यहि उद्देश्य अनुरुप हरिवोधनी एकादशीका दिनमा आँधिगङ्गा विशेष गरेर यसलाई त्रिवेणी धाम पनि भन्छौं । यहाँ परापूर्वकालदेखि शिवजीको अवशेष रहेको  र यहाँ मन्दिर पनि छ ।  यहाँ बरपिपल समीको विधिवत पूजा अर्चना गरिएको पवित्र ठाउँ आँधिगङ्गा त्रिवेणीधाम जुन श्रवणकुमारको कथासँग जोडिएको महत्वपूर्ण क्षेत्र हो , जुन शास्त्र सम्मत छ ।
आज सामुहिक रुपमा स्थानीय युवराज गौतमको घरबाट, तिलप्रसाद खनालले जनैको तोरण र भक्तबहादुर कामु मगर र जंगबहादुर कामु मगरको संयुक्त एक गरी ३ ओटा तोरण टांगिएको छ । उक्त तोरण करिव २ सय मिटर लामो रहेको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर