pokhara news

आँधीखोलामा पौडी खेल्न गएका युवक बेपत्ता

साउन—११,स्याङ्जा  
आँधीखोलामा पौडी खेल्न गएका युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाका अनुसार हरिनास गाउँपालिका –५ बसन्त डाँडा घर भई वालिङ् नगरपालिका –८ बिपी चोकमा डेरा गरी बस्दै आएका २३ वर्षीय शिव पोख्रेल पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
पोख्रेल वालिङ् बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिनुभयो । शुक्रवार दिउँसो साथीहरूसङ्ग वालिङ् –११ अमले स्थित आँधिखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका र पोख्रेलको खोजतलास भइरहेको प्रनाउ रानाले बताउनुभयो । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर