pokhara news

आँधीखोला सञ्चार सहकारीको २०औँ साधारण सभा

वालिङ, १२ पुस ।
स्याङ्जाको वालिङमा सञ्चालित आँधीखोला सञ्चार सहकारी संस्था एवम् रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्जले २०औँ साधारणसभा गरेको छ । आज शनिबार वालिङ ८ घ्याङलिङस्थित रेडियो आँधीखोलाको सभाहलमा २०औँ साधारण सभा सम्पन्न गरेको हो । 
साधारण सभाको उद्घाटन गर्दै वालिङ नगरपालिका प्रमुख कृष्ण खांँणले रेडियो स्थापना कालदेखि नैे समाजलाई सूसुचित गराउँदै आएको बताउनुभयो । स्थापना कालदेखि नैे समाजलाई सूसुचित गराउँदै रेडियोले बढ्दो प्रविधिको युगमा समय सापेक्ष रुपमा परिमार्जन गर्दै लैजाउनुपर्नेमा नगर प्रमुख खाँणले जोड दिनुभयो ।
जिल्लाकै पहिलो सामुदायिक रेडियोको दिगोविकासका लागि नगरपालिकाको साथ र सहयोग रहने उहाँले व्यक्त गर्नुभयो ।  समाजका बेथितिलाई बाहिर ल्याउन सञ्चारको भूमिका महत्वपूर्ण रहेको रेडियोका शेयर सदस्य समेत रहनुभएका प्रमुख खांँणको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद तथा विधायन समितिका सभापति मोहन रेग्मीले रेडियोले आफ्ना गतिविधिलाई परिमार्जित गर्दै प्रविधिमय बनाउनुपर्ने सुझाव दिनुभयो । 
कार्यक्रममा रेडियोका अध्यक्ष शान्ता थापाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै रेडियोलाई २०औँ वर्षसम्म ल्याउन सहयोग गर्नुहुँने तत्कालित कार्यसमितिहरु, विज्ञापनदाता, कर्मचारी, शेयर सदस्य तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । 
कार्यक्रममा उत्कृष्ट विज्ञापन दाता डब्लू आईसि कम्प्युटर तथा तारादेवि ब्लक उद्योग र मल्ल फार्मेसी वालिङ, नियमित स्रोता वालिङ ८ का कृष्णप्रसाद कोईराला, स्थापनाकालदेखि हालसम्म कार्यरत कर्मचारीको रुपमा स्टेशन म्यानेजर तोलाकान्त बगालेलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो भने संस्थाबाट स्वेच्छिक अवकाश लिनुभएका ६ जना कर्मचारीहरुलाई पनि प्रसंसा पत्र सहित विदाई गरिएको थियो ।
२०६३ सालमा स्थापना भएको सञ्चार सहकारीमा अहिले ४ सय ८० जना सेयर सदस्यहरु रहेका छन् । संस्थाद्वारा सञ्चालित रेडियो अहिले दैनिक १८ घण्टा प्रसारणमा रहेको छ भने गण्डकी र लुम्बिनी जिल्लाका १७ जिल्लामा १०५.४ मेगाहर्ज फ्रिक्वेन्सीमा सुन्न सकिन्छ भने वेब साईट र हाम्रो पात्रो मार्फत अनलाईनमा विश्वभर सुन्न सकिन्छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर