आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने, केही ठाउँमा भारी वर्षाको सम्भावना
भदौ ४, स्याङ्जा ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखा काठमाडौले जनाएको छ । मौसम बदलीसँगै केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिन मार्फत जानकारी गराएको हो ।
स्याङ्जा जिल्लाभर हिजो रातीदेखि निरन्तर पानी परिरहेको छ । यसकासाथै देशका अधिकांश स्थानमा हिजो रातीदेखि नै पानी परिरहेको मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ । आजदेखि पर्सी ६ गतेसम्म देशका अधिकांश स्थानमा पानी पर्ने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment