आज राष्ट्रिय शिक्षा दिवस ः गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
असोज–२,काठमाडौ ।
आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गएको वर्षदेखि सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ यो वर्ष हप्ताभरि देशैभर शिक्षा दिवस मनाउन लागिएको हो ।
शिक्षा दिवसको मूल समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख उपस्थितिमा हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिसहित विभिन्न उपसमिति गठन भएका छन् ।
राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक सङ्घसंस्थालाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री ओलीले पिछडिएका वर्ग,क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवम् अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।
‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रका लागि बजेट बढाउँदै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment