आज ४२ औँ बिपी स्मृति दिवस,देशभरि विभिन्न कार्यक्रमको आयोजना गरिँदै
साउन ६, काठमाडौँ
नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको स्मरण गरिँदै छ । कांग्रेसले केन्द्रीय कार्यालय सानेपा, सातै प्रदेश र ७७ जिल्लास्थित कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गर्दैछ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, नेपाली कांग्रेस संस्थापक नेताहरू कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूले आठ वर्ष राजबन्दी जीवन बिताएको काठमाडौँको सुन्दरीजल जेल (बिपी सङ्ग्रहालय) मा पनि विशेष कार्यक्रमको आयोजना गरिँदै छ ।
राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस संस्थापक कोइरालाको स्मृति दिवसमा केन्द्रीय कार्यालयमा आइतबार माल्यार्पणसहित श्रद्धासुमन व्यक्त गर्ने कार्यव्रmम तय भएको छ ।
बिपी विसं १९७१ भदौ २४ गते जन्मिनुभएको हो । २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ मत प्राप्त गरेपछि उहाँ देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले उहाँलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागु गरेपछि उहाँ आठ वर्ष जेल बस्नुभयो । रिहा भएपछि उहाँ निर्वासनमा भारत जानुभयो ।
२०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ स्वदेश फर्किनुभयो । राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म अनवरत सङ्घर्ष गर्नुभएका कोइराला क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । २०३९ साउन ६ गते उहाँको निधन भएको हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment