आयआर्जनका लागि बङ्गुरका पाठापाठी प्रदान
वालिङ १९ असार ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं.५ का महिलाहरुलाई बङ्गुरका पाठापाठी वितरण गरिएको छ । स्थानीय बुढाबराजु स्वावलम्वी महिला समूहका सदस्यहरुलाई आयआर्जनका लागि बङ्गुरका बीउ पाठी र पाठा वितरण गरिएको हो ।
कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी गैह्रेले कृषि तथा पशुपालनमा नगरलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम गरिदै आएको बताउनु भयो । उहाँले विभिन्न संघसंस्थाको सहकार्यमा पालिकाले साना किसानलाई अगाडि बढाउन काम गरिरहेको उल्लेख गर्नुभयो ।
महिलालाई आर्थिक रुपमा सवल बनाएमा मात्रै ग्रामीण क्षेत्रको विकास सम्भव भएको उहाँको भनाई छ । पालिकाले दीर्घकालिन योजना बनाएर साना किसानलाई अगाडि बढाउने काम गरिरहेको उपप्रमुख तिवारीले बताउनु भयो ।
कार्यक्रम हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम साम्वयुले स्थानीय सरकारसँग मिलेर महिला तथा युवालाई उद्यमशीलतामा जोड्ने काम गरिरहेको बताउनु भयो ।
वालिङ नगरपालिकामा भर्खरै काम सुरु भएको प्रवन्धक साम्वयुको भनाई छ । उहाँका अनुसार आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत भोकालाई एक छाक भोजन होईन, जीउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिकाका पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बङ्गुर पालन गर्ने र यसबाट फाईदा लिन सकिने तरिकाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम अन्तरगत बुढाबराजु महिला स्वावलम्वी समूहका २५ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment