pokhara news

आर्थिक वर्ष २०८१÷०८२ को मुद्दा फछ्र्यौैटमा स्याङ्जा जिल्ला अदालत अग्र स्थानमा

साउन–२२,वालिङ ।
आर्थिक वर्ष २०८१÷०८२ को मुद्दा फछ्र्यौैटमा स्याङ्जा जिल्ला अदालत अग्र स्थानमा रहेको छ । उच्च अदालत पोखरा र मातहतका जिल्ला अदालतहरुको लगत फछ्र्यौटमा स्याङ्जा जिल्ला अदालतको सबैभन्दा राम्रो रहेकाले अग्र स्थानमा रहेको आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । 
सम्मानित जिल्ला अदालतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ को मुद्दा फछ्र्यौट स्याङ्जा जिल्ला अदालतले १११.५३ प्रतिशत रहेको र यो उच्च अदालत पोखरा र मातहतका जिल्ला अदालतहरुको लगत फछ्र्यौटमा सबैभन्दा धेरै भएकाले अग्र स्थानमा रहेको जिल्ला माननीय न्यायाधीश वासुदेव पौडेलले जानकारी दिनुभएको हो ।
उच्च अदालत पोखरा र मातहतका जिल्ला अदालतहरुमा कास्की, तनहुँ, नवलपुर, स्याङ्जा, गोरखा, लमजुङ र मनाङ जिल्ला अदालत पर्दछन् । आर्थिक वर्ष २०८१÷०८२ मा जिल्ला अदालत स्याङ्जाले नयाँ मुद्दा दर्ता अनुमान १ हजार २२ गरेको थियो । कूल वार्षिक फछ्र्यौट लक्ष्य १ हजार ३ सय ७३ लिएको र लक्ष्यको आधारमा ६८ प्रतिशत फछ्र्यौट भएको थियो । नयाँ मुद्दा १ हजार ७ दर्ता भएका थिए भने नयाँ दर्तातर्फ ७ सय १६ र अघिल्लो वर्षको जिम्मेवारी तर्फ ३ सय २८ गरी कूल १ हजार ४४ मुद्दा फछ्र्यौट भएका हुन् । यसरी लगतको फछ्र्यौट प्रतिशत ७६.८२ प्रतिशत हुन आउछ । नयाँ दर्ताका मुद्दा १ हजार ७ र जिम्मेवारीका ३ सय ५२ गरी कुल १ हजार ३ सय ५९ मुद्दा फछ्र्यौट हुँदा उच्च अदालत पोखरा र मातहतका जिल्ला अदालतहरुको लगत फछ्र्यौटमा सबैभन्दा राम्रो भएको माननीय न्यायाधीश पौडेलले जानकारी गराउनुभयो । दुनियावादी देवानी, दुनियावादी फौजदारी, सरकारवादी फौजदारीलगायत विभिन्न प्रकृतिका मुद्दा फछ्र्यौट भएका हुन् ।
अघिल्लो आर्थिक वर्षमा जस्तै वितेका वर्षमा पनि सबैभन्दा बढि सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१÷०८२ मा सम्बन्ध विच्छेदका मात्रै ५ सय २१ मुद्दा परेका थिए । जिम्मेवारी सरी आएको ८७ समेत कुल ५ सय १८ मुद्दा फछ््र्यौट भएका हुन् भने ९० बाँकि रहेका छन् । यसैगरी वैवाहिक सम्वन्ध अन्त्यका ८५ नयाँ मुद्दा नयाँ र जिम्मेवारीसरी आएको १६ समेत गरी ७७ मुद्दा फछ्र्यौट भएका सम्मानित जिल्ला अदालतले जनाएको छ ।
उच्च अदालत पोखरा मातहतका जिल्लाहरु मध्ये सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्न सफल भएकाले माननीय न्यायाधीश पौडेल  आर्थिक वर्ष २०८१÷०८२ मा  सम्मानित हुनुभएको थियो ।
न्यायाधिश पौडेलका अनुसार सम्बन्ध विच्छेदका अधिकांश मुद्दाहरु वैदेशिक रोजगारीमा रहेका श्रीमान श्रीमतीबीचका आउने गरेका छन् ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर