आर्थिक वर्ष २०८१÷०८२ मा रामपुर नगरपालिकाको, वार्षिक योजना सफलता पूर्वक सम्पन्न
साउन ५, वालिङ ।
पाल्पाको रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न क्षेत्रमा ठूला तथा समग्र विकासका योजनाहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।
नगरको आर्थिक, समाजिक, शैक्षिक र भौतिक विकासका लागि र्आिर्थक वर्षमा सञ्चालित नगरका योजनाहरु सफलता पूर्वक सम्पन्न भएका छन् । नगरबासीको आवश्यकतालाई मध्यनजर गर्दै शिक्षा, स्वास््थ्य, पर्यटन, कृषि, पशुपालन, युवा तथा रोजगार सिर्जनाका लागि सीपमूलक तालिम, सडक तथा भौतिक पूर्वाधार लगायतका योजना तथा कार्यक्रम सम्पन्न भएका हुन् ।
चालु आर्थिक वर्ष २०८१÷०८२ मा रामपर नगरपालिकाको चालु र पूँजीगत दुबैतर्फ गरी ८७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्षमा रामपर नगरपालिकाले ७४ करोड ११ लााख ४ हजार बजेट विनियोजन गरेको थियो ।
जसमा ६४ करोड ७१ लाख ४ हजार ५ सय ७४ रुपैया खर्च भएको छ । यो कूल बजेटको ८७ प्रतिशत खर्च हुन आउँछ । त्यसैगरी चालु आर्थिक वर्षमा पूँजीगत तर्फ १९ करोड १९ लाख १० हजार रुपैयाँ विनियोजन गरिएकोमा १५ करोड १६ लाख ३४ हजार ५ सय ७४ रुपैया (७९.०१प्रतिशत) खर्च भएको छ । त्यसैगरी चालु बजेट तर्फ रामपर नगरपालिकाले ५४ करोड ९१ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा ४९ करोड ५४ लाख ७० हजार ६६.४८ (९२.२२ प्रतिशत) रुपैया खर्च भएको छ । यो आर्थिक वर्षमा ३ सय ८९ वटा विभिन्न योजनाको काम सम्पन्न भएको छ ।
नगरपालिकाको विनियोजित बजेट र योजना अनुसार वडा न. १ को सिमानामा स्वागतद्वार निर्माण गरेको छ । जसमा १ नम्वर वडाको साखर्दीखोलाको सिमानामा नगरपालिकाको प्रवेशद्वार निर्माण गरिएको हो । यसैगरी खेलकुद विकास तथा खेलाडी उत्पादनका लागि तालिम प्रदान गरिएको छ । कालीगण्डकी पैदलमार्ग निर्माणको थालनी गरिएको छ । जसमा विभिन्न वडाहरुमा गरी २ हजार ५ सय ६७ मिटर निर्माण भएका छन् । नगरपालिकाले महिला उद्यमशीलता र स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले कोशेली घर निर्माणको कार्य पनि सम्पन्न गरेको छ । यसैगरी ८ नम्वर वडामा व्यायामशाला निर्माण गरिएको छ भने जेष्ठ नागरिक स्कुल व्यवस्थापनसँगै बस सञ्चालनमा ल्याइएको छ । जसमा ५ नम्वर वडाको रामघाटमा १६ लाखको बजेटमा जेष्ठ नागरिक स्कुल एवम् बगैंचा निर्माण गरिएको छ ।
नगरपालिकाले सडक कालोपत्रेसहित स्तरोन्नति एवम् ट्र्याक विस्तार गरेको छ । जसमा ५.४९ किलोमिटर सडक कालोपत्रेसहित स्तरोन्नति एवम ट्र्याक विस्तार गरिएका छन् । वार्षिक कार्ययोजना अन्तर्गत विभिन्न वडामा गरी सडक कालोपत्रे र स्तरोन्नति गरिएको हो ।
यस्तैगरी पर्यटकीय क्षेत्रको व्यवस्थापन र प्रवद्र्धनसँगै सौन्दर्यकरण गरिएको छ । यस अन्तर्गत वडा नम्वर १ को छादी छहरा व्यवस्थापन, ज्याग्दी वृहत पार्क निर्माणको निरन्तरता, १९ लाख ५० हजार बजेटमा चरा र लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि वाल निर्माण तथा तारजाली लगाउने कार्य गरिएका छन् ।
शैक्षिक उन्नयनका लागि नगरपालिकाले विद्यार्थी प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा मेयर छात्रवृत्ति कार्यक्रम, गरिव र जेहेन्दार विद्यार्थीहरुको शैक्षिक पहुँचमा वृद्धि ल्याउने गतिविधिहरु भएका छन् । यस अन्तर्गत प्राविधिक धारका २३ जनालाई जनही हजार र अन्यलाई २ हजार ५ सयका दरले ११ लाख ९९ हजार ४ सय रुपैयाँ छात्रवृत्ति प्रदान गरिएका छन् ।
नगरपालिकाले अपाङ्गम्रत्री भवनमा निःशुल्क आवासको व्यवस्था गरेको छ । जसमा ५ नम्वर वडाको बेझाँडमा अपाङ्ग र अभिभावक मैत्री भवन निर्माण र ४ नम्वर मित्यालका हस्तबहादुर खाम्चाको परिवारलाई आवासको व्यवस्था गरिएको छ । युवा उद्यम विकासका लागि भनेर नगरपालिकाले व्याज अनुदान प्रदान गरेको छ । जसमा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ३३ जना युवा उद्यमीलाई व्याज अनुदान प्रदान गरिएको छ । यस अन्तर्गत कृषि तथा पशुपालक युवा कृषकहरुका लागि ५ देखि ३० लाखसम्मको व्याज अनुदान उपलव्ध गराइएको छ । जसमा ७ लाख ५२ हजार ३ सय ७८ रुपैयाँ व्याज अनुदान प्रदान गरिएको छ ।
नागरिक सुरक्षाका लागि सडक पोल बत्ती र सिसी क्यामेरा राख्ने कार्य भएका छन् । जसमा बजार क्षेत्रमा ३ सय ३९ सडक पोल बत्तीसहित सिसी क्यामेरा जडान गरिएको छ । सामाजिक संघ संस्थाहरुसँग हातेमालो गर्ने कार्यले पनि प्राथमिकता पायो । यस अन्तर्गत रामपुर उद्योग वाणिज्य संघको भवन परिसरको कम्पाउण्ड तथा व्यवस्थापन गरिएको छ । नगरपालिकाको १५ लाख बजेटमा ७ फिट उचाइ र ७० मीटर लाम्बाईको वाल कम्पाउण्ड निर्माण भएको छ । यसैगरी बाहुनडाँडामा पाहुना घर र बर्दलेमा मगर समाज भवन निर्माण गरिएको छ । ७ नम्वर वडाको बाहुनडाँडामा ७ लाखको लागतमा पाहुना घर र १० नम्वर वडाको बर्दलेमा १० लाखको लागतमा मगर समाज घर निर्माण गरिएको छ ।
यसैगरी भौतिक संरचनामा पनि नगरपालिका सक्रिय भूमिकामा देखिएको छ । यस अन्तर्गत चन्द्रोदय माविमा पक्की भवनदेखि मदर्सा नुरुलहुदा अहले सुन्नत आविमा कम्पाउण्ड निर्माण कार्य गरिएको छ । विपत परेका नागरिकहरुका हकमा पनि नगरपालिका सारथी बनेको छ । विपतमा परेका नागरिकलाई नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । जसमा १ सय २० जनालाई २६ लाख ४ हजार ३ सय रुपैयाँ राहत स्वरुप प्रदान गरिएको छ । जिपी स्वास्थ्य बीमा मार्फत गरिव विपन्न परिवारका सदस्यको स्वास्थ्य बीमासमेत गरिएको छ । महिला दिदी बहिनीहरुलाई सीपमूलक तालिममा सहभागिता गराइएको थियो । यस अन्तर्गत महिलाहरुलाई चुरा पोते बनाउने र ढाका बुन्ने सीपमूलक तालिम प्रदान गरिएको हो । स्थानीय उत्पादनसहित स्वरोजगारका लागि अनुदानमा मौरीका घार प्रदान गरिएको छ । जसमा विभिन्न वडामा गरी ५० प्रतिशत अनुदानमा ९५ वटा मौरीका घार वितरण गरिएको नगरपालिकाले जनाएको छ । यी विविध कार्यले आर्थिक वर्ष २०८१÷०८२ सफलता पूर्वक वितेको नगरपालिकाको दावी छ ।



Leave A Comment