ईलाका प्रशासन कार्यालय वालिङबाट राहदानी लिनेको संख्या घट्दै
साउन—२४, स्याङ्जा ।
ईलाका प्रशासन कार्यालय वालिङबाट राहदानी लिनेको संख्या घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्षमा राहदानी लिनेको संख्या घटेको देखिएको हो । आर्थिक वर्ष २०८०÷०८१ मा ईलाका प्रशासन कार्यालयबाट ७ हजार ३ सय ७९ जनाले राहदानी लिएका छन् । जसमा दु्रत सेवा सिफारिसमा ३८ वटा रहेको छ भने कार्यालयबाट राहदानी सिफारिसको संख्या ७ हजार ८ सय २५ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा कार्यालयबाट ९ हजार ४ सय ३७ राहधानी वितरण गरिएको थियो ।
ईलाका प्रशासन कार्यालय वालिङबाट वितरित राहदानीको संख्या आर्थिक वर्ष २०७९÷०८० मा भन्दा २०८०÷०८१ मा २ हजार ५८ ले कमि हो । अघिल्लो आर्थिक वर्षमा दु्रत सेवा सिफारिसमा २ सय ३ जना रहेका थिए भने राहदानी सिफारिसको संख्या ९ हजार ६ सय ९७ रहेको थियो । कार्यालयबाट राहदानी लिनेको संख्या घटेपछि राजस्व संकलन पनि अघिल्लो वर्ष भन्दा कम सङ््कलन भएको छ । २०८०÷०८१ मा ४ करोड २४ लाख ९८ हजार संकलन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा कार्यालयले ५ करोड २२ लाख ६७ हजार ५ सय १० राजस्व संकलन भएको थियो ।
त्यस्तै गत वर्ष भन्दा अघिल्लो आर्थिक वर्षमा नयाँ नागरिकता लिने र नागरिकताको प्रतिलिपि लिने पनि धेरै छन् । आर्थिक वर्ष २०७९÷०८० मा ईलाका प्रशासन कार्यालयबाट ५ हजार ३ सय ९१ नयाँ नागरिकता वितरण गरिएको छ भने नागरिकताको प्रतिलिपि, संसोधन गर्नेको संख्या ४ हजार ७ सय ५४ रहेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा नयाँ नागरिकता लिनेको संख्या ४ हजार ५ सय ८३ र नागरिकताको प्रतिलिपि, संसोधन गर्नेको संख्या ४ हजार ३ सय १ रहेको छ ।
त्यस्तै अघिल्लो आर्थिक वर्षमा १२ हजार ५ सय १० जनाले राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाएका छन् भने २ सय २५ जनाले जनजाति प्रमाणित गरेका छन् । त्यस्तै ४२ जनाले दलित प्रमाणित गरेका छन् भने १० जनाले जातीय प्रमाणित गरेका छन् । २ सय ८८ जनाले नाबालक परिचय पत्र बनाएका छन् भने ८ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन्् ।
गत आर्थिक वर्ष २०८०÷०८१ म ११ हजार ८७२ जनाले राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाएका छन् भने १ सय ९७ जनाले जनजाति प्रमाणित, ७३ जनाले दलित प्रमाणित र ३३ जनाले जातीय प्रमाणित गराएका छन् । त्यस्तै ३ सय ६८ जनाले नाबालक परिचय पत्र बनाएका छन् भने ५ जनाले वैवाहिक अंगिकृत लिएका छन् ।
ईलाका प्रशासन कार्यालय वालिङको कार्यक्षेत्र अन्तर्गत वालिङ, चापाकोट, गल्याङ नगरपालिकाका सबै वडा, भीरकोट नगरपालिकाको वडा नं. ४, ५ र ९, कालीगण्डकीका सबै वडा, बिरुवा गाउँपालिकाका ६, ७ र ८ वडाहरुका साथै हरिनास गाउँपालिकाका ५, ६ र ७ नं. वडा पर्दछन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment