pokhara news

उत्कृष्ट कार्यसम्पादनले चम्कियो कालिगण्डकी : देशकै छैटौं र गण्डकीकै पहिलो, अब संसदतर्फ खिमबहादुर थापाको लक्ष्य

 स्याङ्जा –कालिगण्डकी गाउँपालिकाले स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा ऐतिहासिक सफलता हासिल गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको मूल्याङ्कन अनुसार कालिगण्डकी गाउँपालिका देशभरका स्थानीय तहमध्ये छैटौं स्थानमा पर्न सफल भएको छ भने गण्डकी प्रदेशभित्र पहिलो स्थान हासिल गर्दै नमुना गाउँपालिकाको रूपमा स्थापित भएको छ ।
यस उपलब्धिको नेतृत्व गाउँपालिकाका अध्यक्ष रहनुभएका खिम बहादुर थापाले गर्नुभएको हा े। नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि निर्वाचित उहाँले स्पष्ट भिजन, प्रभावकारी नेतृत्व र विकासप्रतिको प्रतिबद्धतामार्फत कालिगण्डकीलाई नमुना स्थानीय तहको रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीयवासी बताउँछन ्।
गाउँपालिकामा पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार, पारदर्शिता, सुशासन तथा जनमैत्री कार्यक्रमहरू सञ्चालन गरिएकाले कार्यसम्पादन मूल्याङ्कनमा उच्च स्थान हासिल गर्न सफल भएको हो । यस उपलब्धिले कालिगण्डकीलाई राष्ट्रिय स्तरमै उत्कृष्ट स्थानीय तहका रूपमा चिनाएको छ ।
हाल उहाँले गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिई स्याङ्जा जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ। स्थानीय तहमा हासिल गर्नुभएको सफल अनुभवलाई राष्ट्रिय स्तरमा विस्तार गर्दै समग्र नेपालको विकास र प्रभावकारी कानुन निर्माणमा योगदान पु¥याउने उद्देश्यले उहाँ उमेद्वारी दिएको जानकारी गराउनुभएको छ । 
स्थानीय तहमा सफल नेतृत्वको पहिचान बनाइसक्नुभएका थापाको उम्मेदवारीले स्याङ्जाको विकाससँगै राष्ट्रिय राजनीतिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर