उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान
वालिङ, २ कात्तिक
स्याङ्जाको वालिङ नगरपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । आधारभूत तथा माध्यमिक शिक्षा परिषद एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रम गरी सम्मान गरेको हो ।
२०८१ मा कक्षा ८ र कक्षा १० तथा एसईई परीक्षामा २५ जना भन्दा बढी विद्यार्थी सहभागी बनाई अनिवार्य विषयहरु गणित, विज्ञान, सामाजिक, अंगे्रजी, नेपाली गरी ५ विषयहरुमा सतप्रतिशत उत्तिर्ण बनाउने १९ जना शिक्षक नगद ५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मानित भएका हुन् ।
सम्मानित हुनेहरुमा सगरमाथा माविका अनिलकुमार राना, टेकराज सुवेदी, विक्रम तिवारी, पाईनियज माविका शंकर खनाल, रामचन्द्र अधिकारी, भुपूसैनिक माविका तिलबहादुर राना, बालविद्या विकास माविका सविना राना मगर, राम सजिवन चौहान, गणेश तिवारी र छविलाल चापागाई, पिस जोन इन्टीग्रेटेड माविका यामप्रसाद डुम्रे, राजकुमार सिके, कष्ण पाठक र श्यामप्रसाद ढुङ्गानालाई सम्मान गरिएको छ । यसैगरी संस्थागत तर्फ राष्ट्रिय माविका नेत्रनारायण रेग्मी, महेन्द्र माविका श्रीराम ढकाल र टेकराज अधिकारी, बालसिद्ध माविका रेशम रेग्मी र भुम्रे माविका रीता गैह्रे खनाल सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा ५ जना सामुदायिक र १४ जना संस्थागत विद्यालयका शिक्षकहरु रहेका छन् ।
त्यस्तै कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने संस्थागत विद्यालयतर्फ ३.९४ जिपिए ल्याउने सगरमाथा आवासीय माविका छात्रा आरुसी केसी र छात्र आर्य श्रेष्ठ गरी २ जना सम्मानित भएका छन् । सामुदायिक तर्फ उपल्लो पेखु माविकी ३.९३ जिपिए ल्याएकी छात्रा समृद्धि पौडेल सम्मानित भएका छन् । सम्मानित विद्यार्थीहरुले समान १०÷१० हजार नगद र सम्मानपत्रले सम्मानित भएका हुन् ।
यस्तै एसईई परिक्षामा ४÷४ जिपिएसहित उत्कृष्ट नजिता ल्याउने नेपाल आदर्श माविका अप्सन सुवेदी छात्र र पाईनियज माविका छात्रा प्राप्ती काफ्ले सम्मानित भएका छन् । सामुदायिक तर्फ ३.८८ जिपिए ल्याउने पूर्णामृत भवानी माविका छात्रा सन्ध्या मरासिनी नगद १५÷१५ हजार सम्मानपत्रले सम्मानित भएकी हुन् । त्यस्तै २०७९ सालमा वैशाख ३१ देखि हालसम्म अवकास प्राप्त ३५ जना शिक्षकहरु पनि सम्मानपत्र र दोसल्लाले सम्मानित भएका छन् । आधारभूत र उच्च माध्यमिक शिक्षा परिषदमा सतप्रतिशत उर्तिण गराउने, उत्कृष्ट जिपिए ल्याउने र २५ जना भन्दा धेरै विद्यार्थी उर्तिण गराउन सफल विद्यालयहरुलाई पनि सम्मान गरिएको छ । उत्कृष्ट विद्यालयहरुमा संस्थागत तर्फ नेपाल आदर्श मावि र सामुदायिकतर्फ उपल्लो पेखु मावि रहेका छन् ।
कार्यक्रममा सम्मान प्रदान गर्दै वालिङ नगरपालिका प्रमुख कृष्ण खांँणले शिक्षाको विकास बिना नगरको विकास सम्भव नरहेको बताउनुभयो । शैक्षिक विकासका लागि नगरपालिकाले उचित योजनाका साथ अगाडि बढ्ने र शैक्षिक गुणस्तरका लागि सम्मान पनि एक आवश्यक पक्ष रहेको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै उपप्रमुख कविता तिवारी गैह्रेले सम्पूर्ण विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई बधाई दिँदै नगरपालिकाको शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरुलाई अतिरिक्त कक्षा सञ्चालनको लागि ८ लाख रकम विनियोजना गरिएको जानकारी गराउनुभयो ।



Leave A Comment