उत्तरगण्डकी महामेला तथा दामोदर धर्मोत्सवको आयव्यय सार्वजनिक
वालिङ ३० कार्तिक ।
उत्तरगण्डकी महामेला तथा दामोदर धर्मोत्सव–२०८२ को आयव्याय सार्वजनिक गरिएको छ । कालिण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा असोज २१ देखि कार्तिक १९ गतेसम्म स्याङ्जा र पाल्पाको संगलस्थल असेर्दी स्थित उत्तरबाहिनीमा आयोजित धर्मोत्सवको आयव्यय शनिबार सार्वजनिक गरिएको हो । महामेलाबाट रु.२ करोड ३९ लाख ८५ हजार ९ सय २२ रुपैँया आम्दानी भएको महामेला मूल आयोजक समितिका कोषाध्यक्ष हेमराज अर्यालले जानकारी गराउनुभएको छ ।
आम्दानीतर्फ रसिदबाट १ करोड ४९ लाख ८५ हजार ८ सय ७२, चेक तथा बैंकिङ प्रणालीबाट ३२ लाख ९६ हजार ९ सय २८, दानपेटिकाबाट १३ लाख २० हजार ४ सय १६, आरती कर्ताबाट ७ लाख ८१ हजार ४ सय ८८, र कलश विक्रिबाट २ लाख १ हजार ८ सय ५ रहेको छ । यसैगरी स्टल विक्रिबाट ३५ हजार ४ सय, चामल आँटा विक्रिबाट १ लाख ७५ हजार ७ सय, बाँकी आम्दानी ११ लाख ५८ हजार ८ सय ५४ भएको हो । अन्यमा ५ लाख ६३ हजार, शालग्राम विशेष अनुदान १४ लाख ६६ हजार ४ सय ५९ गरी २ करोड २९ लाख ८५ हजार ९ सय २२ आम्दानी भएको हो ।
प्राप्त आम्दानी मध्ये १ करोड ५० लाख ९४ हजार ७७ रुपैँया खर्च गरी ८८ लाख ९१ हजार ८ सय ४५ रुपैँया बचत भएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
त्यस्तै खर्चतर्फ प्रचारप्रसार सामाग्री तथा विविध छपाई ४ लाख १६ हजार ६ सय, साउण्ड सिष्टम तथा एलईडि स्क्रिनतर्फ १३ लाख ५० हजार, पण्डाल, टेण्ट, कुर्चि, गेट, लाईट, मञ्च सजावटतर्फ २० लाख ५६ हजार ६ सय ५०, अस्थायी संरचना निर्माण यज्ञ, धारा मण्डप, शौचालय कुम्भ स्थल आदिमा ७ लाख २७ हजार ४ सय १५ रहेको छ । यसैगरी पूजा सामाग्रीमा ९ लाख ४४ हजार २ सय ८०, भण्डारा महाप्रसाद खाद्यान्न सामाग्रीतर्फ १६ लाख ९२ हजार ३ सय २, फर्निचरतर्फ दानपेटिका, व्यासाशन, टेबल, ढोकाका खापा लगायतमा २ लाख २३ हजार ७ सय, कपडातर्फ सिरक, डसना, सिरानी, ब्ल्याङ्केट, पिफर्मआदिमा १ लाख १७ हजार ६ सय २५ खर्च भएको छ । ४३ हजार ४ सय ६१ सालग्राम खरिदमा १२ लाख १५ हजार २५, सम्मान सामाग्री खरिदमा ७ लाख ५ हजार २ सय ५, तलब भत्तामा ४ लाख ९ हजार ८ सय ५०, डिजल पेट्रोल इन्धनमा ३ लाख २९ हजार १ सय २६ खर्च भएको छ । व्यासाचार्य, पण्डित, गुरु र आरती दक्षिणामा १६ लाख ९३ हजार ५ सय २१, कलाकार, उद्घोषक र बाजातर्फ दक्षिणा ९ लाख ६० हजार १ सय ५, भान्छे, नियमित सरसफाईतर्फ दक्षिणा ७ लाख ११ हजार, गाडी मर्मत सर्भिसिङ ३८ हजार ४ सय, स्टेशनरी मसलन्दतर्फ ३३ हजार ३ सय ५२, यातायात तथा ढुवानीमा ३ लाख ३ हजार ९सय खर्च भएको देखिएको छ । इन्टरनेट टेलिफोनतर्फ २८ हजार २ सय २०, खानेपानी विद्युत महशुल तथा विजुलीको सामानतर्फ ६४ हजार ७ सय ४१, जेसिभि मेशिन २ लाख १९ हजार २ सय १०, कम्प्युटर तथा सिसि क्यामेरा २ लाख २५ हजार, मिडिया खर्च ४ लाख ७३ हजार ६ सय, भ्रमण खर्च १ लाख ५५ हजार २ सय ५० गरी कूल १ करोड ५० लाख ९४ हजार ७७ रुपैँया खर्च हुँदा दामोदर धर्मोत्सवमा ८८ लाख ९१ ह्जार ८ सय ४५ रुपैँया बचत भएको कोषाध्यक्ष अर्यालद्वारा प्रस्तुत आयव्याय प्रतिवेदनमा जानकारी दिईएको थियो ।
धर्मोत्सवले उत्तरबाहिनीको महिमाका विषयमा थप प्रसार प्रसार हुनुका साथै तीर्थको पनि तीर्थ उत्तरबाहिनीको दर्शनबाट लागि देशभरबाट तथा देशबाहिरबाट पनि भक्तजनहरुको अभुतपूर्व सहभागिताले धर्मोत्सव सफल भएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णको भनाई छ ।



Leave A Comment