उत्तरवाहिनी गुरुकुलममा पत्रकारलगाएत सहयोगीहरुलाई सम्मान
मङ्सिर १, वालिङ ।
स्याङ्जाको गल्याङ् १ स्थित उत्तरवाहिनी गुरुकुलममा पत्रकारलगाएत सहयोगीहरुलाई सम्मान गरिएको छ ।
कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले विद्यादान, अन्नदान र जीवनदानका लागि गुरुकुलममा अक्षयकोष स्थापनार्थ यही कार्तिक ९ गतेदेखि ३० गतेसम्म मातापिता पूजन एवम् दामोदर महोत्सवको आयोजना गरिएको थियो ।
२१ दिने महोत्सव सम्पन्न गर्नका लागि पत्रकारलगाएत विभिन्न सहयोगीहरुलाई गुरुकुलममा सम्मान गरिएको हो । योसँगै महोत्सवको आय व्यय छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
आज शनिबार उत्तरबाहिनी प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा महोत्सव सफल पार्नका लागि सहयोग गर्नुहुँने सञ्चारकर्मीका साथै विभिन्न व्यक्ति, संघ संस्था, सुरक्षा निकायलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुँनेलाई सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व सांसद शंकरप्रसाद पाण्डेले नेपालमा केहि हुन्न भन्ने भ्रम फैलिएको भन्दै यो भ्रमलाई चिर्दै प्रतिष्ठानले स्वास्थ्य, शिक्षा र रोजागरीको ग्यारेन्टी सहित गुरुकुल सञ्चालन गरिरहेको बताउनुभयो ।
पाल्पा र स्याङ्जाको संगमस्थलमा रहेका गुरुकुलममा विद्यार्थीहरुले संस्कारसंगै आधुनिक प्रणालीको निःशुल्क रुपमा शिक्षा लिईरहेको पूर्व सांसद पाण्डेले बताउनुभयो । मुलुकमा अछुत भन्ने मात्र भ्रष्टाचारी रहेको भन्दै भ्रष्टाचारीसंँग छोईन पनि नहुँने र भ्रष्टाचारीलाई अछुत भन्नुपर्ने बताउनुभयो । सार्वजनिक पदमा बसेर भ्रष्टाचार गर्नेलाई अछुतो व्यवहार गर्नुपर्ने भन्दै अन्य सबै सर्वसाधारण जीवन धारण गरेका मान्छे सबै एक भएको उहाँको भनाई थियो । अन्याय गर्नेलाई सँजायँ र न्याय गर्नेलाई प्रोत्साहन गर्ने परिपाटीकासाथ अगाडि बढेमा देश विकास गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा चर्चित भजन सर्जक, गायक तथा साहित्यकार हिरालाल कँडेलले आफ्नो पारिश्रमिक बापतको रकम समेत गुरुकुललाई प्रदान गर्नुभएको छ । आँफूले ५ दिनसम्म महोत्सवमा बसेर भजन गायकीबाट प्राप्त गरेको रकम प्रदान गर्दै प्रतिष्ठानको आजीवन सदस्यता प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजबाट ग्रहण गर्नुभयो । अध्यक्ष चैतन्य कृष्ण महाराजले शालग्राम जननी उत्तरतर्फ बहेको गण्डकी नदीमा देव तथा पितृकार्यका लागि टाढा टाढाबाट भक्तजनहरु आउने गरेको भन्दै यहाँको धार्मिक तथा ऐतिहासिक महत्व रहेको बताउनुभयो ।
पछिल्लो समय मातापिता सेवा भाव हराउन थालेको र मातापिताप्रतिको सेवाभाव जागृत गराउन पनि यो महोत्सवले टेवा पुगेको भन्दै महोत्सव सफल पार्न सहयोग गर्नुहुँने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment