उत्तर वाहिनीमा मातापिता पूजन एवम् शालग्राम दामाेदर महामहाेत्सव हुने
वालिङ ६ कार्तिक ।
पवित्र कालिगण्डकी नदी किनारमा मातापिता पूजन एवं गण्डकी शालग्राम दामोदर महामहोत्सव हुने भएको छ । कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान उत्तर वाहिनीको आयोजनामा यही कार्तिक ९ देखि ३० गतेसम्म मातापिता पूजन एवं गण्डकी शालग्राम दामोदर महामहोत्सव हुने भएको हो । पछिल्लो समय मातापिता प्रतिको सम्मान र सेवाभाव हराउन थालेको भन्दै प्रतिष्ठानले यो महोत्सवको आयोजना गर्ने भएको हो ।
महामहोत्सवमा मातापिताको प्रत्यक्ष एवम् मानसपूजन, अनेकौँ महापुरुषहरुद्वारा दिव्य प्रवचन, समग्र योग अनुशासन, प्राणायम, ध्यान तथा साधना गरिने छ । यसैगरी हातहातमा दीपक लिएर गण्डकी एवं दामोदरको आरती, सविधि कार्तिक स्नान तथा उत्तरबाहिनी गण्डकी मञ्त्रोच्चारणपूर्वक जीवन जिउने कला, तनाव व्यवस्थापन, मातापिताको सेवा लगायत विधाका अनुपम प्रशिक्षण हुनेछ । शिक्षा अध्यात्म, संस्कृति क्षेत्रको प्रेरक, अनेकौँ विज्ञहरुको सम्मेलन, गोष्ठी सेमिनारहरु, आयुर्वेद योग र प्राकृतिक उपचारकाे सिकाई गरिने छ । यस्तैगरी कर्मकाण्ड, ज्योतिष एवं वास्तु शास्त्रको सरलतम प्रशिक्षण, विशिष्ट सन्त, वैज्ञानिकहरुको बीचमा अदभूत अन्तरसंवाद रहने प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले जानकारी दिनुभयो ।
गल्याङ १ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका १ असेर्दीमा रहेको धाममा कार्यक्रम गरिने मंगलबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको हाे । प्रतिष्ठानद्वारा सञ्चालित गुरुकुलममा विभिन्न जिल्लाका गरी ३३ जना विद्यार्थीहरु अध्ययनरत छन् । ती विद्यार्थीहरुको अध्ययन तथा प्रतिष्ठानलाई दिगोपनाका लागि महामहोत्सवको आयोजना गरिएको हो । गुरुकुलममा विद्यार्थीहरु निःशुल्क रुपमा अध्ययन गरिरहेका छन् ।
निशुल्क विद्यादान, अन्नदान र जिवनदानका लागि अक्षयकोष स्थापनार्थ याे महामहोत्सवको आयोजना गरिएको अध्यक्ष चैतन्यकृष्णले जानकारी दिनुभयो । ११ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ गर्न लागिएको महामहोत्सवमा खर्च भने कम हुने आयोजकको दावी छ । कार्तिक १ गतेदेखि हरेक दिन अनुष्ठानका कार्यहरु भईरहेको भन्दै ९ गतेबाट आफ्ना बुवाआमाहरुलाई कालिगण्डकी तटमा रहेको उत्तरवाहिनीमा ल्याई सेवाभाव, आमाबुवाप्रतिको कर्तव्य भाव जागृत बनाउन यो कार्यक्रम गरिएको हो ।
आफ्ना दिवंगत बुवाआमाको सम्झनामासमेत फोटो राखेर पूजा गर्न सकिने भएकाले जेष्ठ बुवाआमाहरुका लागि निःशुल्क आवासीय व्यवस्थापन गरिएको छ ।उत्तरवाहिनीको महत्व उजागर गर्दै आफ्ना बुवाआमाप्रतिको कर्तव्य सन्तानले नभुलुन भन्ने हेतुले यो महामहोत्सव गरिनेछ । गण्डकी स्नानको महत्व बढाउने कार्तिक स्थान, दीपदानजस्ता महत्वपूर्ण विषयसमेत यो महोत्सवले जोड्ने आयोजनकले जनाएका छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment