उपकार सहकारीको ३३ औं वार्षिक साधारणसभा सम्पन्न
गोपाल जिटी
वालिङ, ६ पुस ।
गण्डकी प्रदेशकै प्रतिष्ठित संस्था मध्येको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले सेवाकेन्द्रहरुमा छुट्टा छुट्टै इकाई साधारणसभा गरेर आफ्नो ३३ वार्षिक साधारणसभा आज सम्पन्न गरेको हो ।
स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको सहकारीले ४ वटा सेवाकोन्द्र र एकवटा सदस्य सम्पर्क कार्यालयमा ५ दिन छुट्टा छुट्टै इकाई साधारणसभा गरेको थियो । इकाई साधारणसभापछि मुख्य कार्यालय वालिङमा आज इकाई प्रतिनिधीहरुको उपस्थितिमा ३३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाको कार्यक्रम अनुसार पौष १ गते चापाकोट नगरपालिका–८ स्थित दामाचौर सेवाकेन्द्रबाट आफ्नो ३३ औं वार्षिक साधारणसभा सुरु गरेको थियो । सहकारीले वालिङ नगरपालिकाको वालिङ–८ वालिङ, १३ को बायँटारी, कालिगण्डकी गाउँपालिका–७ को मिर्मी, चापाकोट नगरपालिकाको दामाचौर गरी ४ स्थानमा सेवाकेन्द्र र वालिङ–७ को केवँरेमा सदस्य सम्पर्क कार्यालय मार्फत शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । शेयर सदस्यहरुको सहजताका लागि सम्बन्धित सेवाकेन्द्रहरुमा पुगेर साधारणसभा कार्यक्रम गरिएको सहकारीले जनाएको छ ।
२०५० सालमा २७ जनाले रु.२७ सय पूँजीबाट सुरु भएको सहकारीमा अहिले महिला ४ हजार ३ सय ३४, पुरुष ४ हजार ८६ जना र अन्य १३ गरी कूल ८ हजार ४ सय ३३ जना शेयर सदस्य छन् । संस्थाले गएको असार मसान्तसम्म ७ करोड ८९ लाख ३४ हजार ५ सय शेयर पुँजी रहेको छ । यसैगरी ८३ करोड २२ लाख ७७ हजार ९ सय ५४ रुपैयाँको कारोवार गरेको संस्थाका अध्यक्ष खनालले उल्लेख गर्नुभयो । ६६ करोड ९९ लाख ८३ हजार ४ सय ७९ रुपैयाँ निक्षेप रहेको सहकारीले कूल ५१ करोड ४९ लाख ९ हजार ६ सय ५२ लगानी गरेको छ ।
संस्थाको अभिलेखमा कूल मुनाफा रु.१ करोड २२ लाख २७ हजार ९६ गरेको देखिन्छ भने एन एफ आर एस लेखा परीक्षणपछिको अभिलेख अनुसार बाँडफाँट योग्य नाफा रु.८ लाख ३० हजार मात्र रहेको छ । स्याङ्जामा एन एफ आर एस लेखा परीक्षण उपकार र सूर्योदय सहकारी गरी जम्मा दुई वटाले मात्र गर्दछन् ।
संस्थाले जिल्लाका ४ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ७ वटा पालिकालाई समेटेको छ । जसमा वालिङ, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका रहेका छन् भने गाउँपालिकाहरुमा कालिगण्डकी, बिरुवा र हरिनाससम्म कार्यक्षेत्र विस्तार गरेको छ ।
कार्यक्रममा नियमित बाल बचत गर्ने बालबालिकालाई पुरस्कृत गरिएको थियो । यसैगरी समापन कार्यक्रमका अवसरमा उत्कृष्ट कर्मचारी, साधारणसभाका मुख्य वक्ताहरु एवम् सहयोगी भूमिका निभाउनेहरु लगायतलाई कदरपत्रले सम्मान गरिएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment