pokhara news

उपकार सहकारीले वार्षिक समिक्षा तथा योजना बारे छलफल ग¥यो

साउन १७, वालिङ ।
स्याङ्जाको वालिङमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लि.ले वार्षिक समिक्षा तथा योजनाका बारेमा छलफल कार्यक्रम गरेको छ ।  सहकारीले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०८२÷०८३ को योजनाका बारेमा छलफल कार्यक्रम आज शनिबार संस्थाको मुख्य कार्यालय वालिङमा गरेको हो । 
कार्यक्रममा सहकारीका अध्यक्ष यमकान्त खनालले कार्यक्रमकाबारेमा जानकारी गराउनुभएको थियो । सहकारीका बारेमा देशव्यापि रुपमा चलेको राम्रो नराम्रो हल्लाबाट संस्थालाई अलग राख्न सकिएको, एकवर्षको अवधिमा ३ सय ३१ जना नयाँ शेयर सदस्य थपिएको अध्यक्ष खनालले जानकारी गराउनुभयो । यसैगरी उहाँले सहकारी शिक्षा कार्यक्रम सञ्चालन भैरहेको, अहिलेकै परिस्थिति रहेको खण्डमा व्याजदर १ अङ्कमा परिवर्तन गर्न सकिने अवस्था रहेको बताउनुभयो । ऋण असुलीमा केही ऋणीहरुबाट नविकरणमा हेलचेक्र्याईं गरेकाले संस्थाको नाफामा प्रत्यक्ष असर परेकाले सोंचे अनुरुप लाभांश वितरण गर्न नसकिने अवस्था रहेको र यसलाई सुधारेर लैजाने रणनीति बनाएर अगाडि बढ्ने योजना रहेको अध्यक्ष खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका लेखापाल प्रेम थापाले आर्थिक वर्ष २०८१÷०८२ जेठ मसान्तसम्म कूल ८ हजार ३ सय ८७ जना शेयर सदस्य र ७ करोड ९० हजार ५ सय शेयर पूँजी रहेको जानकारी गराउनुभयो । यसैगरी आर्थिक वर्ष २०८२÷०८३ मा यसलाई बढाएर ९ हजार १३ जना शेयर सदस्य र शेयर पूँजी ८ करोड ६० लाख ८२ हजार पु¥याउने प्रस्ताव पेश गर्नुभयो । अडिटको काम भैरहेकाले संस्थाको यथोचित आय व्यय आउन बाँकि रहेको लेखापाल थापाले जानकारी गराउनुभयो ।
सहभागीहरुबाट आएका जिज्ञासाको जवाफ दिंदै अध्यक्ष खनालले सल्लाहकारज्यूहरु एवम् सहभागीहरुको सुझावले काम गर्न प्रेरणादायी भएको बताउभयो । यसैगरी उहाँले कार्यक्रमका सहभागीहरुको सल्लाह एवम् सहकारीको विधि र पद्दति अनुसार संस्थालाई चुस्त दुरुस्तरुपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । 
संस्थाका सञ्चालक समिति, सल्लाहकारहरु, लेखा समिति, सेवाकेन्द्र सञ्चालन समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरुको सहभागितामा कार्यक्रम गरिएको थियो ।
वालिङमा मुख्य कार्यालय रहेको उपकार सहकारीले वालिङ, बायँटारी, कालीगण्डकीको मिर्मि र चापाकोटको दामाचौरमा गरी ४ वटा सेवाकेन्द्र र वालिङ ७ को केवरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा ल्याएर वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर