pokhara news

एकादशी र औँशीमा रामपुर भित्र पशुपंक्षी वध गर्न नपाइने

भदौ—२७,पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाभित्र औँशी र एकादशीका दिन पशुपंक्षी वध गर्न नपाइने भएको छ । नगरपालिकाले धार्मिक आस्था र परम्परा तथा स्वास्थ्यका लागि हिसाबले औँशी र एकादशी तीथिका दिन पशुपंक्षी वध गर्न नदिने भएको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपु¥याउन र स्वास्थ्यका लागि पनि औँशी र एकादशीका दिन पशुपंक्षी बध नगर्न अनुरोध गरेको छ । “औँशी र एकादशीका दिनमा पशुपंक्षी वध नगर्दा धार्मिक सहिष्णुता र सदभाव पनि कायम हुने धार्मिक आस्थामा पनि असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने हुँदा उक्त दिन पशुपंक्षी वध नगर्न नगराउनु हुनका लागि यो सूचना प्रकाशन गरिएको छ“ –सूचनामा भनिएको छ । यस संँगै अब रामपुर नगरपालिका क्षेत्र भित्र एकादशी र औँशीमा पशुपंक्षी वध गर्न नपाउने भएको छ ।
रामपुर क्षेत्र आफैमा धार्मिक महत्वको क्षेत्र भएकोले धार्मिक सद्भाव संँगै मानवीय स्वास्थ्यका लागि एकादशी र औँशी तीथिमा पशुपंक्षी वध नगर्ने निर्णय गरेको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । धार्मिक साँस्कृतिक परम्परा अनुसार एकादशी र औँशीको दिनमा पशुपंक्षी वध गर्न नहुने भन्ने मान्यतासमेत रहेको र स्वास्थ्यका लागि पनि फाइदा हुने भएकाले उक्त दिनहरुमा पशुपंक्षी वध नगर्न नगर प्रमुख थापाको आग्रह छ ।
एकादशी र औँशीमा पशुपंक्षी वध गर्दा धार्मिक आस्थामा असर पुगेको भन्दै रामपुर नगरपालिकाको कार्यालयमा जनगुनासो बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले बताउनुभयो । योसंँगै रामपुर नगरपालिका क्षेत्र भित्र एकादशी र औँशी तीथिका दिन कुनै पनि व्यक्ति र समुदायले पशुपंक्षी वध गर्न नपाउने प्रवक्ता खाँणले जानकारी गराउनुभयो । नगरपालिकाको निर्णय र सूचनालाई वेवास्ता गरी पशुपंक्षी वध गरेको पाइएमा कारवाही गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले बताउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर