pokhara news

एक–दुई स्थानमा भारी वर्षा, थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना

असोज ९, स्याङ्जा ।
हिजो रातीदेख देशका बिभिन्न स्थानहरुमा पानी परिरहेको छ । स्याङ्जा जिल्लाका पनि धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आज दिउसोसम्म नै देशभर साधारणतया बदली रहने छ । भोलिसम्मको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
महाशाखाका अनुसार देशका सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर