pokhara news

एक विद्यालयले सुरु ग¥यो विद्यार्थीलाई वित्तीय साक्षरता

साउन २९, वालिङ ।
स्याङ्जाको वालिङमा रहेको एक विद्यालयले विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी सिकाई सुरु गरेको छ । 
वालिङ नगरपालिका १० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले प्लसटुमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी सिकाई कार्यक्रम आयोजना गरेका हो । विद्यार्थीहरुलाई वित्तीय साक्षरता र सहकारी शिक्षासम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नका लागि एकदिने कार्यक्रम सुरु गरिएको आयोजकले जनाएको छ ।
भविष्यमा ब्याङ्क वित्तीय क्षेत्रमा काम गर्नका लागि सहयोग पुगोस भनेर विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी सिकाई कार्यक्रम सुरु गरिएको विद्यालयका शिक्षक एवम् प्लस टु को–अर्डिनेटर प्रदिप बगालेले जानकारी दिनुभयो । प्लस टु पढ्दै गरेका विद्यार्थी भविष्यमा ब्याङ्क वित्तीय संस्थामा काम गर्ने चाहना राख्न सक्छन् ।  अहिलेदेखि नै आधारभूत अभ्याससहितको सिकाई गराउन सकियो भने क्षमतावान बन्न सक्छन् भनेर अभ्याससहितको सिकाई कार्यक्रम सुरु गरिएको हो—प्लस टु को–अर्डिनेटर बगालेले भन्नुभयो । सम्बन्धित संस्थाहरुमा गएर वित्तीय साक्षरता सिकाई प्रदान गरिने कार्यक्रम अनुसार उपकार सहकारी कार्यालयबाट सुरु गरिएको बगालेले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहकारी भनेको के हो ?, सहकारी संस्थाले गर्ने वित्तीय कारोबारको तौरतरिका, भौंचर भर्ने तरिका, ब्याङ्क वित्तीय सेवालगायतका विषयमा प्रस्तुतिकरण गरिएको थियो । 
कार्यक्रममा राष्ट्रिय सहकारी ब्याङ्क वालिङका प्रमुख टिकाराम अधिकारी, उपकार सहकारीका प्रमुख व्यवस्थापक कृष्ण पङ्गेनी, व्यवस्थापक झलक पाण्डे र लेखापाल प्रेम थापाले सहजिकरण गरेका थिए ।
सिकाई कार्यक्रममा ५५ जना विद्यार्थीको सहभागिता रहेको थियो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर