pokhara news

एन्फा महिला लिगमा वालिङले सङ्कटालाई हरायो

भदौ – २४,काठमाण्डौ ।
एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले सङ्कटा क्लबलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा वालिङले सङ्कटालाई १–० गोलले हरायो । वालिङका लागि सिसी नानटोङ्गोले गोल गरिन् । यो जीतसँगै वालिङ ३ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । सङ्कटा ३ खेलमा १ अङ्कसहित आठौं स्थानमा छ ।
प्रतियोगितामा आजै दोस्रो खेलमा अहिले दिउँसो सवा ४ बजे रौतहटको चन्द्रपुर नगरपालिका र सशस्त्र प्रहरी बलको एपीएफ क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर