एन्फा महिला लिग फुटबल आजदेखि ः उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका खेल्दै
भदौ – १६,काठमाडौ ।
एन्फा महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा शुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा प्रवेश निःशुल्क छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) काअनुसार लिग दुई चरणमा हुनेछ ।
लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । विभागिय तीन टोली (त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लब), ए, बी र सी डिभिजन क्लबबाट दुई टोली (सङ्कटा र बाग्मती), नगरपालिकाका दुई टोली (वालिङ र चन्द्रपुर नगरपालिका) तथा छनोट चरणका उत्कृष्ट तीन टोली (कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश) ले पहिलो चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment