औपचारिकतामा धेरै समय खर्च गर्न नहुँने— प्रमुख जिल्ला अधिकारी अर्याल
वैशाख ३, वालिङ ।
स्याङ्जाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले औपचारिकतामा धेरै समय खर्च गर्न नहुँने बताउनुभएको छ । आज बुधबार वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले धेरै समय अतिथि स्थान ग्रहण र भाषणमा समय धेरै खर्च भईरहेको उल्लेख गर्दै औपचारिकतालाई छोट्याउने परिपाटीको विकास गर्नपर्नेमा जोड दिनुभयो । साथै प्रजिअ अर्यालले निजी क्षेत्र भनेको राज्यको महत्वपूर्ण अङ्ग भएको व्यक्त गर्नुभयो । हरेक व्यक्ति तथा संस्थाले आफ्नो व्यक्तिगत लगानीमा राज्यलाई कर तिर्दै र आफ्नो आर्थिक स्थिति पनि बलियो बनाउँदै धेरैलाई रोजगारी सिर्जना गरिरहेको निजी क्षेत्रप्रति आफू सकरात्मक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले आफू स्याङ्जामा आएको पनि २० महिना पुगिसकेको उल्लेख गर्दै जिल्लाका हरेक स्थानीय तह, संघसंस्था र व्यसायीहरुसंँगै रहेको बताउनुभयो । चोरी घटनाको दोषीलाई नियन्त्रणमा लिई कारबाही प्रक्रियामा अगाडि बढेको र प्रशासनका सेवा प्रवाहलाई चुस्त बनाउँदै समाजको सुशासन कायम राख्न प्रशासन प्रतिवद्ध रहेको विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले ब्यवसायिक क्षेत्रमा रहेका विविध समस्याहरुको विषयमा जानकारी गराउँदैै ब्यवसायीलाई तर्साउने भन्दा पनि नियमित रुपमा सबै क्षेत्रहरुको अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । साथै अध्यक्ष श्रेष्ठले बजार क्षेत्रमा घुम्ती ब्यापारीहरुको समस्या प्रमुख समस्याको रुपमा देखिएकोले यसको निषेध वा उचित ब्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक कदम चाल्नुपर्ने उहाँको व्यक्त गर्नुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment