कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते
साउन–१८,काठमाडौ
आज सार्वजनिक भएको कक्षा १२ को नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड विद्यार्थीका लागि आउँदो भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णयसँगै पुरक परीक्षाको मिति पनि तय गरेको हो ।
नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् ।
आज सार्वजनिक भएको नतिजाअनुसार कक्षा १२ मा दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फका ५२ दशमलव ९१ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । त्यस्तै, एक लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् । यस वर्ष तीन लाख ९० हजार ८६८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment