कर्तव्य ज्यान मुद्दाका ८ (आठ) जना आरोपीहरू पक्राउ
फोटो फाईल
भदौ १०, वालिङ ।
स्याङ्जामा कर्तव्य ज्यान मुद्दाका ८ जना पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका ८ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी गराएको हो ।
पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ५ का २२ वर्षीय सिजन थापा, बलिकोटका २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरुप्रसाद लम्साल, १७ वर्षीय आर्यन क्षत्री, २३ वर्षीय विश्वास वाग्ले र वडा नम्वर ६ का २२ वर्षीय निशान थापा रहेका छन् । यसैगरी चापाकोट नगरपालिका वडा नम्वर ५ काम्तीका २४ वर्षीय अनिल शाही र १८ वर्षीय बादल बिक गरी ८ जना कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरु यही भदौ ७ गते राती अन्दाजी ११ बजेको समयमा वालिङ नगरपालिका ५ को जर्कोटमा चर्को आवाजमा मोटरसाइकल चलाएको विषयमा स्थानीय बाहुनडाँडाका ढालबहादुर थापासँग वादविवाद भएको थियो । सोही क्रममा ३२ वर्षीय थापालाई कुटपिट गरी घाइते भएका थिए । तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको र भोलिपल्ट ८ गते विहान डाक्टरले मृत घोषणा गरेको थियो । कुटपिटमा संलग्नहरुलाई अनुसन्धान गर्दैजाँदा जिल्ला प्रहरी कार्यालय पुतलीबजार, वडा प्रहरी कार्यालय वालिङ र मातहतबाट खटिएको अप्रेसन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका हुन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment