कहाँ कहाँ पहिरो जान्छ भन्ने सरकारलाई थाहा थिएन, सक्दो काम गरेको छ ः ओली
असोज– १४,काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी पहिरोका घटनापछि उद्धार र राहतको कामलाई सक्दो तीव्रता दिएको बताउनुभएको छ ।
अमेरिकाबाट फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सरकारले उद्धार र राहतमा राम्रो काम गरेको बताउनुभयो । ‘म त बल्ल आज फर्किँदैछु, मैले पाएको जानकारीअनुसार सरकारले क्षमताअनुसारको उद्धार र राहतका कार्यक्रम गरिरहेको छ । विरोधका लागि विरोध गर्नुको औचित्य छैन ।’
मौसम विज्ञान विभागले एक हप्ताअघि अति ठूलो वर्षको नै पूर्वसूचना दिएको र तीन दिनअघि ’रेड अलर्ट’ जारी गरेको अवस्थामा पनि सरकारले पूर्वतयारी किन गर्न सकेन त ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भन्नुभयो, ‘कहाँ कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा थिएन, थाहा हुने कुरा पनि होइन, काठमाण्डौमा यति धेरै डुबान हुन्छ भन्ने पनि आँकलन भएन । हामी कसैले नसोचेको घटना भएको छ । विपद्पछि भने सरकारले सक्दो काम गरिरहेको छ ।’
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment