pokhara news

काभा बीच भलिबलमा नेपालको पहिलो जीत

साउन–१८,काठमाडौ 
नेपालले काभा बीच भलिबल च्याम्पियनसिपमा पहिलो जीत हासिल गरेको छ । भुटानको राजधानी थिम्पुमा रहेको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।
मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१–१४ ले आफ्नो पक्षमा पारे । पहिलो खेलमा नेपाल माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भएको थियो । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर