pokhara news

कालिगण्डकी करिडोर जोड्ने सडक निर्माणका लागि वालिङ नगरपालिका अगाडि बढ्यो

कात्तिक २७, वालिङ ।
आँधिखोलाको वारिपारी किनारमा करिडोर सडक निर्माणलाई तिव्रता दिएको वालिङ नगरपालिका कालिगण्डकी करिडोरसँग जोड्ने सडक निर्माणका लागिसमेत अगाडि बढेको छ । वालिङ—काफलडाँडाँहुँदै चापाकोट र पाल्पाको रामपुरहुँदै पूर्व हानिएको कालिगण्डकी करिडोरसँग जोड्ने सडक निर्माणका लागि नगरपालिका अगाडि बढेको हो । यो सडक निर्माण लागि नगरपालिकाले यो ठाउँको वस्तुस्थितिको जानकारीसहितको पत्र लिएर संघीय सरकारको अर्थ मन्त्रालय समक्ष पुगेको छ । हाल निर्माणधिन राष्ट्रिय गौरवका सडक आयोजनाहरु कालिगण्डकी करिडोर तथा मध्य पहाडी (पुष्पलाल) राजमार्गले कुनै पनि स्थानमा नछोएको तथा सिद्धार्थ राजमार्गलाई डेडिकेटेड टु ल्याण्ड निर्माण कार्य पनि अगाडि बढ्न नसकिरहेको अवस्थामा नगरपालिकाले कालिगण्डकी करिडोरसँग जोड्ने सडक निर्माणलाई महत्व दिएको हो । ती दुई करिडोरसँग कहिँ कतै नजोडिएकाले जिल्लाकै आर्थिक कारोबारमा ह्रास आउनुकासाथै तीव्र गतिमा बसाई सराई भई राखेको अवस्था छ । वालिङसँगै समग्र स्याङ्जा जिल्लाकै आर्थिक कारोबारमा वृद्धि ल्याउनुकासाथै सुविधायुक्त यातायाताको पहुँचमा टेवा पुग्ने भएकाले नगरपालिकाले कालिगण्डकी करिडोर जोड्ने सडक निर्माणलाई अगाडि बढाउन लागिपरेको हो ।
नगरप्रमुख कृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मन्त्रालयमा पेश गर्ने पत्रमा लेखिएको छ—
उपयुक्त विषयमा स्याङ्जा जिल्लामा हाल निर्माणधिन राष्ट्रिय गौरवका सडक आयोजनाहरु कालिगण्डकी करिडोर तथा मध्य पहाडी (पुष्पलाल) राजमार्गले कुनै 
पनि स्थानमा नछोएको तथा सिद्धार्थ राजमार्गलाई डेडिकेटेड टु ल्याण्ड निर्माण कार्य पनि अगाडि बढ्न नसकेकोले समग्र स्याङ्जा जिल्लाकै आर्थिक कारोबारमा ह्रास आउनुकासाथै तीव्र गतिमा बसाई सराई भइ राखेको माननीयज्युलाई अवगत नै छ । 
आर्थिक समृद्धि, नयाँ बस्ती विकास तथा नियन्त्रित बसाई सराईका लागि निर्माणधिन कालिगण्डकी करिडोर अन्तरगत गुल्मी, सेतिवेणी, हुवास, वालिङ, काफलडाँडा, रोग्दी, चापाकोट हुँदै पुनः पाल्पा रामपुर कालिगण्डकी करिडोर सहायक सडक निर्माणको लागि माननीयज्यु समक्ष अनुरोध गर्दछौ । 
उक्त सहायक सडक निर्माण हुँदाको बखत सेतिवेणीदेखि रामपुर जाने कालिगण्डकी करिडोर मूल सडक भन्दा लगभग २७ कि.मि छोटो हुने र वालिङ, गल्याङ र चापाकोट नगरपालिकामा आर्थिक कारोबार वृद्धि हुने विश्वास व्यक्त गर्दछौं । यस प्रस्तावित सहायक सडक अन्तरगत (chainage) मा नेपाल सरकार मार्फत ठेक्का भई कार्य अगाडि बढिराखेको पनि माननीयज्युलाई अवगत गराउन चाहान्छौ । सेक्सन सेक्सन गरेर ठेक्का गर्नु भन्दा कालिगण्डकी करिडोर सहायक सडक निर्माणका लागि डिपिआरसहित एकमुष्ट बजेट विनियोजनका लागि माननीयज्यु समक्ष निवेदन गर्दछौं ।

 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर