कालीगण्डकीले विद्यालय र स्वास्थ्य चौकी जाने सडकहरु कालोपत्रे गर्ने
असोज २८,वालिङ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले चालु आर्थिक वर्ष माध्यमिक विद्यालय र स्वास्थ्य चौकीहरु जाने सडक कालोपत्रे गर्ने भएको छ । गत आर्थिक वर्ष वडा कार्यालय जाने सडक कालोपत्रे गर्ने योजना सञ्चालन गरेको कालीगण्डकीले यो आर्थिक वर्ष माध्यमिक विद्यालय र स्वास्थ्य चौकी पुग्ने सडक पक्की गर्ने भएको हो । कार्यक्रम अनुसार गत आर्थिक वर्ष ६ वटा वडामा कालोपत्रेको काम सम्पन्न भएको छ । यो वर्ष बाकि रहेको २ नम्वर वडाको काम सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी गराउनु भएको छ ।
यसैगरी यो आर्थिक वर्ष माध्यमिक विद्यालय र स्वास्थ्य चौकीहरु जाने सडक कालोपत्रे गरिने अध्यक्ष थापाले बताउनुभयो । पूर्वाधार विकासको पहिलो आधार यातायात रहेकाले सडक कालोपत्रेसहितको कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँको भनाई छ । यस अनुसार पालिकाका ६ वटा वडाहरुमा कालोपत्रे सडक पुगेको छ । यो वर्ष अब माध्यमिक विद्यालय र स्वास्थ्य चौकिहरुसम्मका सडक कालोपत्रे गर्ने योजनालाई प्राथमिकतामा पारिएको छ । यसका लागि टेण्डरसहित कामको सुरुवात भैसकेकोसमेत अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।
यस्तै गरी शिक्षालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन गाउँपालिका लागिपरेको छ । यसका लागि कक्षा ८,९ र १० मा श्रव्य दृष्यसहितको भिडियोको माध्यमबाट नयाँ शिक्षण सिकाईको अभ्यासको थालनी गरिएको छ । यो कार्यक्रमलाई क्रमशः कक्षा ६, ७ र ८ मा पनि कार्यान्वयन गरिने अध्यक्ष थापाले भन्नुभयो । विद्यार्थीको स्वास्थ्यलाई मध्येनजर गरेर जङ्कफुट निषेधित कार्यक्रम अन्तर्गत गतवर्ष कक्षा ६, ७ र ८ लाई टिफिन बक्स उपलव्ध गराइएको छ । यो वर्ष ९ र १० कक्षाका विद्यार्थीलाई पनि टिफिन बक्स उपलव्ध गराउने कार्यक्रम रहेको छ ।
गाउँपालिकाको वडा नम्वर २, ३, ४ र ७ मा १÷१ वटा माध्यमिक विद्यालय रहेका छन् भने १ र ६ मा २÷२ वटा छन् । यसैगरी ५ नम्वर वडामा ३.वटा गरी कालीगण्डकी गाउँपालिकामा जम्मा ११ वटा माध्यमिक विद्यालय रहेका छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment