pokhara news

कालीगण्डकीले सिंचाईमा क्रान्तिकारी परिवर्तन ल्याउने, ७ सय घरधुरीमा खानेपानी पु¥याउने

कात्तिक ८, वालिङ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सिंचाईका क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने जनाएको छ । कृषि प्रवद्र्धनका लागि सिंचाई पहिलो आधार हो, त्यसैले यो आर्थिक वर्ष सिंचाईमा क्रान्तिकारी परिवर्तन ल्याइने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुुभयो ।
उर्वर फाँटहरु भएर पनि पानीको अभावले किसानहरुले सोंचेजस्तो उत्पादन लिन नसकिरहेकाले गाउँपालिकाले सिंचाइलाई प्राथमिकता दिएर लागेको हो । विगतका वर्षदेखि सिंचाई व्यवस्थापनमा गाउँपालिकाले चासोकासाथ लिएको र सबै फाँटहरुमा सिंचाई सुविधा पु¥याउने गरी क्रान्तिकारी परिवर्तन ल्याउने काम गरिरहेका छौं, अध्यक्ष थापाले भन्नुभयो ।
उहाँ भन्नुहुन्छ—“कृषि प्रवद्र्धनका लागि सिंचाईलाई महत्व दिएका छौं । पालिकाभित्र रहेका ९ वटा फाँटहरुमा सिंचाइका लागि यो वर्ष ४ वटा योजना सञ्चालनमा छन् । अर्कोवर्ष बाँकि फाँटहरुका लागि पनि सिंचाईको योजना सञ्चालन गर्ने कार्यक्रम रहेको छ । यसका लागि कालीगण्डकीबाट लिफ्टिङ प्रणालीका योजना सञ्चालनमा ल्याएर पालिकाका सबै फाँटहरुमा सिंचाई सुविधा पु¥याउने क्रान्तिकारी परिवर्तन ल्याउने काम गरिरहेका छौं ।”
यसैगरी खानेपानी अर्को महत्वपूर्ण पक्ष हो । पालिकाबासीहरु करिव ४ हजार ३ सय घरधुरीमा एक घर एक धारा पुगिसकेको छ भने यो वर्ष अरु ७ सय घरधुरीमा खानेपानी पु¥याइने कार्यक्रम रहेको अध्यक्ष थापाले उल्लेख गर्नुभयो । यसका लागि सङ्घीय सरकारसँगको सहकार्यमा पालिकाबासी सबैलाई खानेपानी पु¥याउनेगरी एकिकृत योजना सञ्चालन गरिने अध्यक्ष थापाको भनाई छ ।
योसँगै गाउँपालिकामा खानेपानीका क्षेत्रमा ठूलो क्रान्ति नै ल्याउने काम भएको अध्यक्ष थापाको दावी छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर