कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानमा छलफल तथा अन्तरक्रिया
वालिङ,७ असोज–विभिन्न विद्यालयका शिक्षकहरुद्वारा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान उत्तरवाहिनीमा छलफल तथा अन्तरक्रिया गरिएको छ । यही असोज २१ देखि कार्तिक १९ गतेसम्म हुने कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ को मिति नजिकिदै गर्दा विभिन्न विद्यालयका शिक्षकहरुद्वारा छलफल तथा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा स्याङ्जाको गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका तथा रम्भा गाउँपालिका पाल्पाको विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ का सन्दर्भमा गल्याङ नगर शिक्षा समिति सदस्य एवम् सार्वजनिक नमूना माविका प्रधानाध्यापक चुरामणी पाण्डेले कार्यक्रमको जानकारी गराउनुभएको थियो । कार्यक्रमको जानकारीसँगै सहभागीहरुले आ–आफ्नो तर्फबाट कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ सफल पार्न पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन् । साथै उनीहरुले प्रतिष्ठानको नजिक रहेका विद्यालयहरुको सहयोग बेसी हुनुपर्ने र अरु विद्यालयहरुले पनि समय मिलाएर साथदिने बताएका छन् । अहिले मानवतायुक्त, संस्कारयुक्त शिक्षा र अनुशासन आजको आवश्यकता भएकाले महामेलाबाट विद्यार्थीहरुले यस्तो ज्ञान लिन पाउने अपेक्षा गरिएको उनीहरुको भनाई थियो । त्यसैले पनि महामेलामा बढि भन्दा बढि विद्यार्थीलाई स्वयम्सेवककारुपमा सहभागी गराएर अवसरको सदुपयोग गर्नुपर्नेमा शिक्षकहरुको जोड छ । महामेलाका लागि प्रचार प्रसारलाई तिव्रता दिनुपर्ने र यसका लागि विद्यालयको वेभसाइट एवम् सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेर आँफूहरु लाग्नेसमेत उनीहरुले जनाएका छन् ।
कार्यक्रमका अवसरमा कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ मूल आयोजक समिति संयोजक चैतन्यकृष्णले उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीघकालीन सोंचसहित आयोजना गरिएको महामेला सफल पार्न हामी सबै आ– आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले महामेलामा सहभागी भएर नेपाल र भारतका विश्वविख्यात सन्त एवम् गुरुहरुद्वारा आशीवर्चनसहितको आध्यात्मिक लाभलिने अवसरलाई सम्पूर्ण महानुभावहरुलाई आग्रहसमेत गर्नुभयो । हामी सबैको साझा कार्यक्रम भएको र महाकुम्भ सरहको मेला भएकाले देश विदेशबाटसमेत धेरैजनाको उपस्थिति रहनेमा आँफू विश्वस्त रहेको उहाँको भनाई छ । चैतन्य कृष्णका अनुसार शास्त्रमा उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यिनलाई यहाँ उत्तरवाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुन्छ । त्यसैले संस्कृतिको अध्ययन गर्ने सबैले पटक पटक दर्शन गर्नुपर्ने उहाँको भनाई छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment