pokhara news

कीर्तिपुरका मेयरको निधनको शोकमा आज काठमाडौ उपत्यकाका पालिकामा बिदा

साउन–१३, काठमाडौ  
काठमाडौ उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौ उपत्यका मेयर्स फोरमले काठमाडौ, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

लामो समयदेखि मिर्गाैलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा अस्ति बिहीवार बेलुका निधन भएको थियो । नकर्मी २०७९ को पालिका चुनावमा कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर