pokhara news

कुक तालिमका सहभागीलाई प्रमाणपत्र वितरण ।

भदौ, ९ भदौ, स्याङ्जा  
कुक तथा किचन हेल्पर तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालय र व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको आर्थिक सहयोग तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरको आयोजनामा भएको तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण आइतबार गरिएको हो ।
प्रमाणपत्र वितरण गर्दै संस्थाका सल्लाहकार एवम् नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले दक्ष जनशक्तिको अभाव जताततै रहेको बताउनु भयोे । सीप भएमा मात्रै सहज रुपमा आम्दानी गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“सीपको सही प्रयोगल मात्रै जीवन यापन सहज हुन्छ र आम्दानी पनि राम्रो हुन्छ । स्वदेश तथा विदेश जहाँ रहे पनि सीप अपरिहार्य हुन्छ ।”
कार्यक्रममा नेपाली कांग्रेस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले सीप नहुँदा विदेशमा नेपाली युवाहरुले धेरै समस्या भोग्नु परेको औंल्याउनु भयो । सीप सिकेर मात्रै विदेश जान उहाँको सुझाव छ । 
सो अवसरमा पत्रकार महासंघ स्याङ्का अध्यक्ष प्रदिप कोईरालाले राम्रो रोजगारीका लागि उत्तिकै राम्रो सीप आवश्यक रहेकोमा जोड दिनुभयो । 
कार्यक्रममा कुक तथा किचन हेल्परको एक महिने तालिममा सहभागी भएका ६० जना युवा तथा युवतीलाई प्रमाणपत्र वितरण गरिएको हो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर