केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ समारोह भोलि सोमबार हुने
असार ३०, स्याङ्जा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आज प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गर्नुभएको हो ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै भए पनि शपथ कार्यक्रम भने भोलि हुनेछ ।
प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले सङ्घीय सांसदहरूलाई निम्तोसमेत पठाएको छ । शपथ भोलि बिहान ११ बजे राष्ट्रपति निवास शीतल निवासमा हुनेछ । सबै सांसदहरूलाई बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्ने गरी सङ्घीय संसद्का महासचिवलाई कार्यालयले पत्र पठाएको हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment