गण्डकीमा एमालेका ४ जना मन्त्रीले शपथ लिए
भदौ – १७,काठमाडौ ।
गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवलपुरकी पद्मा जिसीले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री, बाग्लुङका कृष्ण पाठकले स्वास्थ्यमन्त्री, कास्कीका प्रकाश केसीले भौतिक पूर्वाधार तथा विकास र पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटनमन्त्रीको रूपमा शपथ लिनुभएको हो । उहाँहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराउनुभएको छ ।
सङ्घीय सरकारमा एमाले र कांग्रेसको सरकार बनेको लामो समय भइसके पनि गण्डकीमा दुई वटा दलबीच कुरा नमिल्दा सरकारमा एमाले सहभागी भएको थिएन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय फुटाएर भए पनि नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र राजीव गुरुङलाई पनि मन्त्रीमा निरन्तरता दिनुभएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment