pokhara news

गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका लागि वालिङ नगरपालिकाको समूह छनोट

मङ्सिर २३, वालिङ ।
यही मङ्सिर २८ र २९ गते पोखरामा हुने गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका लागि वालिङ नगरपालिकाको समूह छनोट भएको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा आज वालिङमा आयोजित जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिताबाट वालिङ नगरपालिकाको तर्फबाट बालविद्या विकास आवासीय माध्यमिक विद्यालयको समूह प्रथम स्थान हाँसिल गरी छनोट भएको हो ।
 “शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” भन्ने नारासहित सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गरेको हो । यसैगरी बिरुवा गाउँपालिकाको जीवनज्योति माविको समूह द्वितीय भएको छ भने पुतली बजार नगरपालिकाको ज्योति आवासीय माविको समूहले तृतीय स्थान प्राप्त गरेको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश १५.हजार, १२ हजार र १० हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
कार्यक्रममा पुरस्कार वितरण गर्दै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह«ेले विद्यार्थीहरु पढाईसँगै हरेका कुरामा उत्कृष्ट हुन जरुरी रहेको बताउनुभयो । समय सापेक्षित र अन्तर्राष्ट्रिय सिकाईलाई हेर्दा अबका विद्यार्थीहरु उत्कृष्ट हुन जरुरी रहेको बताउनु भएको हो । जोसँग जे प्रतिभा छ, त्यो प्रतिभालाई प्रस्फुटन गर्दै आँफू र आफ्नो गाउँठाउँको पहिचानसँगै समग्र देशमै प्रतिष्ठित हुन सकिन्छ । यसका लागि यस्ता कार्यक्रमहरुलाई साथ दिएर व्यवस्थापन गरेर अगाडि बढाउन नगरपालिकाको सधै साथ र सहयोग रहने नगर विश्वास उप प्रमुख गैह«ेले व्यक्त गर्नुभयो । साथै उहाँले  सहभागीहरुलाई धन्यवाद दिदै प्रदेश स्तरीय प्रतियोगितामा पनि अग्रता हासिल गर्दै केन्द्रीय प्रतिष्पर्धामासमेत उत्कृष्टताको शुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगितामा वालिङ, गल्याङ, भीरकोट, पुतलीबजार, चापाकोटगरी ५ नगरपालिका, र बिरुवा गाउँपालिकाका गरी ६ वटा पालिकाको सहभागिता रहेको थियो । शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाले कार्यक्रमको समन्वय गरेको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर