गण्डकी लोकतारा प्रतिष्पर्धाका लागि स्याङ्जाबाट तीनजना छनौट
वैशाख २७, वालिङ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले आयोजना गर्ने गण्डकी लोकताराको लागि स्याङ्जा प्रतिष्ठानले जिल्ला अडिसन सम्पन्न गरेको छ । प्रतिष्ठान स्याङ्जाद्वारा आज शनिबार वालिङमा सञ्चालन गरिएको स्याङ्जा जिल्ला अडिसनबाट तीनजना छनौट भएका छन् ।
बिरुवा गाउँपालिकाकि शिला गुरुङ, चापाकोट नगरपालिकाका दिलीप मानन्धर र वालिङका उदयराज डुम्रे गण्डकी प्रदेश लोक तारा प्रतिष्पर्धाका लागि छनौट भएका हुन् । जिल्लाबाट ११ जनाले अडिसनमा भाग लिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले लोकदोहोरीगीत सबैभन्दा धेरैले मन पराउने विधा भएको बताउनुभयो । लोकगीत तथा दोहोरी गायन हाम्रो मौलिक संस्कृति भएकाले यसको संरक्षण संवद्र्धन र प्रवद्र्धन गर्न हामी सबै लाग्नुपर्ने पूर्व मन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो । हाम्रो मौलिक संस्कृति प्रवद्र्धनमा लोक गायक गायिकाहरुको प्रमुख भूमिका हुने उहाँले उल्लेख गर्नुभयो । लोकतारा प्रतियोगिताले गाउँ गाउँमा लुकेर रहेका नव प्रतिभाहरुका लागि राम्रो अवसर हुने उहाँले बताउनुभयो । अडिसनमा सहभागी नव प्रतिभाहरुले यस्ता कार्यक्रमहरुमा भागलिदै र अवसरको उपयोग गरेर आफनो कलाकारितालाई अगाडि बढाउन उहाँले आग्रहसहित सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
प्रतिष्ठान गण्डकीले आगामी असार ७ गते पोखरामा आयोजना गर्ने गण्डकी लोकतारा प्रतियोगिताका लागि स्याङ्जा जिल्ला अडिसन मार्फत प्रतिष्ठानले छनौट गरेको हो । गण्डकीका ११ जिल्लामध्ये स्याङ्जाले सबैभन्दा पहिला अडिसन सञ्चालन गरेको प्रतिष्ठानका जिल्ला अध्यक्ष नेत्र खड्काले जानकारी गराउनुभयो । गण्डकी लोकताराका विजेताले नगद रु. ५१ हजार नगदसहित नयाँगीत गाउने अवसर प्राप्त गर्नेछ । यस अवसरमा प्रतिष्ठान स्याङ्जाले नयाँ भित्तेपात्रो विमोचनसमेत गरेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment