गण्डकी सरकारका मन्त्री दीपक मनाङेद्वारा राजीनामा
भदौ –१७,काठमाडौ ।
गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत पत्र पठाएर दीपक मनाङेका नामले चर्चित राजीव गुरुङले मन्त्रीबाट राजीनामा दिनुभएको हो ।
आज सरकार पुनर्गठन हुँदा मनाङेलाई मुख्यमन्त्री पाण्डेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । तर वन मन्त्रालयमा केही कामै नहुने र बजेट पनि थोरै हुने भएकाले अल्छीलाग्दो मन्त्रालयमा नबस्ने मनाङेले बताउनुभएको छ । आफूलाई अहिले मन्त्री बन्न अल्छी लागेको पनि उहाँको भनाइ छ ।
यसअघि मनाङे भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हुनुहुन्थ्यो । विगतमा दुई पटक विश्वासको मत दिएर सरकार जोगाएका मनाङेलाई मन्त्री बनाइरहने अडान लिएका मुख्यमन्त्री पाण्डेले हिजो मन्त्रालयसमेत फुटाएर ७ वटाबाट ९ वटा पु¥याउनुभएको थियो ।
मनाङेले आफ्नो साटो मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजङ्ग गुरुङलाई मन्त्री बनाउन पनि सुझाव दिनुभएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment