pokhara news

गह्रौँसुरमा मन्दिरसहित बिभिन्न संरचनाहरुले उद्घाटन

असोज ३०, वालिङ ।
धार्मिक तथा पर्यटकीय केन्द्र गह्रौँसुरमा निर्मित कालिका मन्दिरलगायत  भौतिक संरचनाहरुको उद्घाटन गरिएको छ । गह्रौंसुरमा रहेको मूल मन्दिरको गजुर अनावरण, स्वर्गीय बालप्रसाद श्रेष्ठको स्मृतिमा निर्मित मञ्च, कालरात्री मन्दिर, शिलालेख अनावरण, अतिथि गृह, चण्डीथानलगाएतका संरचनाहरु उद्घाटन गरिएको हो ।
भगवती कालिका मन्दिरलगायतका भौतिक संरचनाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रकाश ढकालले पर्यटकीय धामको रुपमा विकास गर्नका लागि निजी क्षेत्रले सहयोग गर्ने बताउनुभएको छ ।
धार्मिक, ऐतिहासिक, सांस्कृतिक रीतिरिवाजलाई बढाउँदै जाँदा यहाँको आर्थिक विकास हुँने भन्दै यसको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यहाँका सम्भावित धार्मिक सांस्कृतिक क्षेत्रहरुको विकास गर्दै जाँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण गर्न सकिने भएकाले यसले आर्थिक क्रियाकलापलाई थप अगाडि बढाउन सहयोग गर्ने अध्यक्ष ढकालको भनाई थियो ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सिटि एक्सप्रेसका कार्यकारी निर्देशक चन्द्र टण्डन, गह्रौँसुर धार्मिक तथा पर्यटकीय स्थलका प्रमुख संरक्षक दिलिपप्रतख खांँण, बरिष्ठ समाजसेवी तथा व्यवसायी नारायणप्रसाद शर्मा पंगेनीलगायतले गह्रौँसुरको विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा भन्दिर परिसरमा बिभिन्न संरचना निर्माणका लागि सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।
वालिङ नगरपालिकाको वडा नम्वर ८ मा पर्ने गह्रौंसुर वालिङकै ७ र १० नम्वर वडा  एवम् गल्याङ नगरपालिकासँग जोडिएको छ । सिद्धार्थ राजमार्गमा पर्ने वालिङ बजारदेखि दक्षिण काफलडाँडा ७ किलोमिटर कच्ची र त्यहाँदेखि ३ किलोमिटर पक्की सडक गरी कूल १० किलोमिटरको दुरीमा रमणीय गह«ौंसुर रहेको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर