गह्रौँसुर मन्दिरको दशैं व्यवस्थापनमा वालिङ नगरपालिकाको प्रत्यक्ष निगरानी : विगतको तुलनामा व्यापारीलाई सहुलियत दर रेट
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको वालिङ–८ स्थित गह्रौँसुर मन्दिर यस वर्ष समिति विहिन भएपछि दसैं व्यवस्थापनमा वालिङ नगरपालिकाले प्रत्यक्ष निगरानी हुने भएको छ । दशैं पर्वलाई लक्षित गर्दै पूजा–अर्चना, मेला, र मन्दिर परिसरमा सञ्चालन हुने व्यापारिक गतिविधिमा प्रत्यक्ष निगरानी गर्ने निर्णय नगरपालिकाले गरेको हो ।
नगर उपप्रमुख कविता तिवारी (गैरे) को अध्यक्षतामा सम्पन्न बैठकले मन्दिरको अभिभावकत्व ग्रहण गर्ने निर्णय गर्दै व्यवस्थित र पारदर्शी व्यवस्थापन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
नगरपालिकाले घटस्थापनादेखि फूलपातसम्म मन्दिर परिसरमा खाजा–नास्ता तथा पूजा सामग्री बिक्री गर्न चाहने व्यापारीका लागि बढाबढ प्रणालीमार्फत अनुमति दिने निर्णय समेत गरेको छ ।
विगतको तुलनामा व्यापारीलाई सहुलियत दर रेट
सामाजिक विकास समितिका संयोजक युगमाया पंगेनीका अनुसार खाजा–नास्ताको लागि न्यूनतम ७७ हजार रुपैयाँ र पूजा सामग्री स्टलका लागि २७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
विगतका वर्ष भन्दा यस वर्ष सहुलियत दररेट कायम गरेर न्यूनतम मूल्य तोकिएको पंगेनीले बताउनुभयो । विसं २०८० सालको वडा दसैंमा होटेल वापत ८० हजार र पूजा सामाग्रीको व्यवसाय गर्न चाहने व्यवसायीलाई २५ हजार तोकिएको थियो ।
यस्तै , गत वर्ष होटेललाई ९० हजार र पूजा सामाग्रीको पसल गर्न चाहने व्यवसायीलाई न्यूनतम ४० हजार तोकिएको थियो ।
स्रोत : गह्रौँसुर मन्दिरको सचिवालयबाट ।
यस वर्ष भने नगरपालिकाले मूल्य निर्धारण गर्दा माग, विगतको अनुभव र पारदर्शी व्यवस्थापनलाई ध्यानमा राखिएको सामाजिक विकास समितिका संयोजक युगमाया पंगेनीले बताउनुभयो । ”विगतका वर्षहरुमा पनि बढाबढको आधारमा पसल संचालक हुने गरेको थियो । यस वर्ष नगरपालिकाले सहुलियत दर रेट कायम गरेर सार्वजनिक सूचना प्रकाशन गरेर सूचनाको हक प्रदान गरेको छ । तर सामाजिक संजालमा व्यापक हल्ला गरीएको छ ,” पंगेनीले भन्नुभयो ,“घटस्थापना देखि फूलपाती सम्म एक जना व्यापारीले हजारौँ भक्तजनलाई खाजा नास्ता खुवाउने हो विगतका वर्षमा हल्ला नहुने अहिले नगरपालिकाले पारदर्शी गराउन खोज्दा हल्ला गरिनु आवश्यक छैन । ”
गर्हौसुर मन्दिरमा दशैंको समयमा ठूलो संख्यामा भक्तजन आउने परम्परा छ । विशेष गरी घटस्थापनादेखि फूलपातसम्म मन्दिरमा विशेष भीड लाग्ने गर्छ। भक्तजनलाई सहज र व्यवस्थित सेवा उपलब्ध गराउन यसपटक नगरपालिकाले नै व्यवस्थापनको जिम्मा लिएको हो ।
नगरपालिकाले सरसफाइ, सुरक्षाको व्यवस्था, मेलामा आउने भक्तजनका लागि शुद्ध खानेपानी, बिजुली र मेलाको समयमा आवश्यक पर्ने आधारभूत सुविधामा समेत ध्यान दिने तयारी गरेको छ । यसबाहेक, संकलित रकमको हिसाब–किताब पारदर्शी ढंगले सार्वजनिक गरिने प्रतिबद्धता गरिएको छ ।
स्थानीय बासिन्दाले नगरपालिकाले निगरानी लिनु सकारात्मक कदम भएको बताएका छन् । विगतमा रकम व्यवस्थापनमा विवाद हुने गरेको र यसले धार्मिक स्थलको प्रतिष्ठामा समेत असर पारेको उनीहरूको भनाइ छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।




Leave A Comment